राजनीति

ललितपुरमा एमालेले खाता खोल्यो

ललितपुर– ललितपुरको महाँकाल गाँउपालिका वार्ड नम्बर ६ ठुला दुर्लुङको मतगणना सकिएको छ। निर्वाचन कार्यालयका अनुसार उक्त वडामा नेकपा एमालेका रामकृष्ण आर्चाय ३६१ मत त्याएर विजयी भएका छन ।उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका बाबुलाल श्रेष्ठले २७३ मत ल्याएका थिए।

निर्वाचन अधिकृत धु्रबकुमार ढकालका अनुसार गाँउपालिका अध्यक्षका लागि पछिल्लो विवरण अनुसार नेपाली कांग्रेसका बागी स्वतन्त्र उम्मेदवार गणेशबहाद्र केसीले ३१७ मतसँगै अग्रता लिएका छन् । यस्तै २५५ मत सहित एमालेका रामचन्द्र दाहालले उनलाई पच्छाई रहेका छन्। महाँकाल गाँपाको उपाध्यक्षमा एमालेकी कमला तामाङको ३६६ र नेपाली कांग्रेसकी शुसिला अधिकारीको २५५ मत रहेको छ।

प्रकाशित: १ जेष्ठ २०७४ ०१:३० सोमबार

ललितपुरमा एमालेले खाता खोल्यो