राजनीति

अध्यक्ष ओली र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूत यु हङले भेटवार्ता गरेका छन् । 

पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार बिहान भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा कुराकानी गरिएको दलका उपनेता सुवास नेम्वाङले बताए । 

राजदूत हङले स्थानीय तहको निर्वाचन र संविधान संशोधनका विषयमा अध्यक्ष ओलीसँग जिज्ञासा राखेका थिए । सो अवसरमा अध्यक्ष ओलीले पहिलो चरणको निर्वाचन सम्पन्न गर्न सबै दल एकजुट भएर लाग्ने जानकारी गराएका थिए । रासस 

प्रकाशित: २१ वैशाख २०७४ ०६:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App