राजनीति

सवाल-जवाफमा प्रधानमन्त्रीले सांसद्को नाम र प्रश्नै बिर्सेपछि...

प्रतिनिधिसभामा शुक्रबार प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम थियो। प्रश्नोत्तरमा प्रधानमन्त्री दाहाललाई विभिन्न सांसद्ले प्रश्न सोधेका थिए। सो क्रममा दुई जना सांसदलाई भने प्रधानममन्त्रीले चिन्न सकेनन्।  

सांसद्को नाम र प्रश्नै बिर्सेपछि प्रधानमन्त्री दाहालले सभामुखसँग सहयोग मागेका थिए। प्रश्नोत्तरका क्रममा सभामुख देवराज घिमिरेले शुक्रबारको बैठकमा तेस्रो प्रश्नकर्ता कांग्रेस सांसद अन्जनी श्रेष्ठलाई समय दिए. श्रेष्ठले प्रश्न पनि गरिन्। त्यसपछि सभामुखले प्रधानमन्त्रीलाई जवाफ दिन समय दिए। तर, लगत्तै प्रधानमन्त्रीले ति सांसदको नाम चिन्न नसकेर अल्मलिए अनि सभामुखको घिमिरेको सहयोग मागे। सभामुखले सांसद्को नाम भनिदिएपछि उनले प्रश्नको जवाफ दिएका थिए।  

पछि अर्का सांसद अम्बिका बस्नेतको त नाम र प्रश्नै बिर्सिए। उनले आफ्नो तयारी नपुगेको बताउँदै उनलाई पुनः प्रश्न सोध्न आग्रह गरेका थिए। उनले भने, ‘सम्माननीय सभामुख महोदय फेरि मलाई नाम भन्दिनुपर्ने भयो । यहाँ मेरो थोरै तलमाथि परेको छ।’ त्यसपछि सभापति देवराज घिमिरेले सांसदको नाम अम्बिका बस्नेत रहेको बताए। प्रधानमन्त्रीले सांसद खड्कालाई दोस्रो पटक प्रश्न सोध्न आग्रह गरे। त्यसपछि बस्नेतले पुन प्रश्न गरेपछि त्यसकाे जवाफ दिएका थिए।

प्रकाशित: ८ असार २०८० ०७:५९ शुक्रबार

सवालजवाफमा प्रधानमन्त्रीले सांसद्को नाम र प्रश्नै बिर्सेपछि...