राजनीति

काठमाडौंमा नयाँ शक्ति र संघीय समाजवादी फोरमका उम्मेदवारले गरे मनोनयन दर्ता

काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरमा नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरमले साझा उम्मेदवारको मनोनयन दर्ता गराएका छन्।

मेयरमा पवित्र बज्राचार्य र उपमेयरमा सविना अर्यालको मनोनयन दर्ता गराएको छ। मनोनयन दर्ता गारउनको लागि नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव राष्ट्रिय सभागृह पुगेका थिए।

 

प्रकाशित: १९ वैशाख २०७४ १०:१८ मंगलबार

काठमाडौंमा शक्ति संघीय समाजवादी फोरमका उम्मेदवारले गरे मनोनयन दर्ता