राजनीति

एमाले घोषणापत्र सार्वजनिकः प्रशान्त महासागरमा पानी जहाज चलाउने

घोषणा पत्र सार्वजनिक गर्दै एमाले अध्यक्ष ओली। तस्विरः केशव थोकर

काठमाडौं–नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । नेकपा एमालेको पार्टी कार्यालय धुम्बाराहीमा पत्रकार सम्मलेन गर्दै नेकपा एमालेले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको हो।

हिन्द र प्रशान्त महासागरमा नेपाली ध्वजाबाहक पानी जहाज सञ्चालनको कानुनी तथा संस्थागत तयारी गरिने छ

घोषणापत्रमा हिन्द र प्रशान्त महासागरमा नेपाली राष्ट्रिय ध्वजाबाहक पानी जहाज सञ्चालन गर्ने उल्लेख छ।

राष्ट्रिय ध्वजाबाहक पानीजहाज सञ्चालनको संभाव्यता अध्ययन गरी योजना कार्यान्वयन गर्न भारत, चीन र बङ्गलादेश सरकारसंग वार्ता गरिनेछ;, घोषणापत्रमा भनिएको छ, 'भूपरिवेष्ठित मुलुकहरूले समुद्र उपयोग गर्न पाउने अधिकार अनुरुप हिन्द र प्रशान्त महासागरमा नेपाली ध्वजाबाहक पानी जहाज सञ्चालनको कानुनी तथा संस्थागत तयारी गरिने छ।'

घोषणापत्रको पूर्ण पाठ हेर्नुहोस्

प्रकाशित: १८ वैशाख २०७४ ०९:५८ सोमबार

एमाले घोषणापत्र सार्वजनिकः प्रशान्त महासागरमा पानी जहाज चलाउने