राजनीति

देशभर पार्टीको अवस्था बलियो भएको कांग्रेस निष्कर्ष

काठमाडौं- नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा देशै भर आफ्नो पार्टीको अवस्था बलियो भएको निष्कर्ष निकालेको छ।

पार्टी सभापति शेरवहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारी बैठकले देशभरबाट आएको रिपोर्ट अनुसार यस्तो निष्कर्ष निकालेको रामशरण महतले बताए।  

कांग्रेसले बैशाख १२ गते सम्म नगर तथा गाउँपालिकाको उम्मेदवार छन्न पार्टीको तल्लो निकायलाई निर्देशन दिएको छ। कांग्रेसले सर्वसहमतिले पार्टीको तल्लो निकायलाई नगर तथा गाउँपालिकाको उम्मेदवार छान्न निर्देशन दिएको निर्देशन दिएको थियो।

बैठकमा शनिबार सरकार र मधेसी मोर्चाबीच भएको सहमतिबारे जानकारी गराइएको थियो। यस्तै पार्टीको सबै ध्यान निर्वाचनमा केन्द्रित गर्न बैठकले निर्देशन दिएको महतले बताए। पार्टीको निर्वाचन घोषणापत्र प्रेसमा गइसकेको र छिट्टै सार्वजनिक हुने महतले बताए।

प्रकाशित: १० वैशाख २०७४ १३:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App