राजनीति

जातिहरुलाई फुटाएर देशको हीत हुँदैनः प्रधानमन्त्री दाहाल

फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय जनगणनामा पुन मगरलाइ छुट्टै जातिको रुपमा राखिएको कुरालाई सच्याइने बताएका छन्।

शुक्रबार नेपाल मगर संघले भूमे/भूम्या पर्वको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय जनगणना २०७८ मा पुन मगरलाई छुट्टै जातिको रुपमा राखेर त्रुटी गरिएको कुरालाई सच्याउने प्रतिवद्धता गरेका हुन्।

उनले पुन मगर लगायतका अन्य जनजातिहरुलाई राष्ट्रिय जनगणनामा छुट्याउने काम भएको बारेमा आफूलाई जानकारी नभएको भन्दै गुनासो आएसँगै तथ्यांक विभागलाई निर्देशन दिइसकेको बताए। उनले जातीहरुलाई फुटाएर देशको हीत नहुने बताए। उनले त्रुटी सच्याउने प्रक्रिया अगाडी बढिसकेको पनि उल्लेख गरे।

उनले भने, ‘मलाई यो तथ्यांककी मगर या अरु जनजातिलाई फुटाउने जस्तो हुन गयो भन्ने रिपोर्ट मलाई थिएन। पुन मगर मगर होइनन् भन्ने किसिमले जनगणनाको रिपोर्ट छ भन्ने जानकारी र रिपोर्टिङ मलाई भइसकेको थिएन। आदिबासी, जनजाति महासंघले मलाई रिपोर्ट गरिसकेपछि मैले खबर गरिसकेको छु। अहिले तथ्यांक कार्यालयको प्रमुख मान्छे विदेश भ्रमणमा भएको हुनाले आएपछि त्यसलाई स्पष्ट गर्ने र करेक्शन गर्ने मैले प्रतिवद्धता व्यक्त गरिसकेको छु। त्यसकारण फुटाउने काम हुँदैन। जातिहरुलाई फुटाएर देशको हीत हुँदैन भन्ने कुरामा म स्पष्ट छु । र मैले यो प्रक्रिया अगाडी बढाइ पनि सकेको छु।’

उनले मगर समुदायले राजनीतिक परिवर्तनमा खेलेको भुमिकालाई सम्मान गर्दै आफूले मगर समुदायका नेताहरुलाई उपराष्ट्रपति, सभामुख, रक्षामन्त्री, अर्थमन्त्री, राष्ट्रिय सभा सदस्य लगायतमा अघि सारेको पनि बताए।  

प्रकाशित: १ असार २०८० १०:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App