राजनीति

ललितपुरमा उम्मेदवार बन्न होडबाजी

ललितपुर- जिल्लाको एक महानगरपालिका, दुई नगरपालिका र तीन गाउँपालिकामा आसन्न स्थानीय निर्वाचनमा को उम्मेदवार बन्ने भन्ने होडबाजी चलेको छ। ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, गोदावरी नगरपालिका, कोन्ज्योसोम गाउँपालिका, बागमती गाउँपालिका र महाँकाल गाउँपालिकामा प्रमुख र उपप्रमुखसहित वडा अध्यक्ष र सदस्यमा आकांक्षीहरू धेरै देखिएका हुन्। स्थानीय तहको नेतृत्वमा जानका लागि दलका कार्यकर्ता दौडधुपमा छन्। केही नेताहरूले आफू उम्मेदवार भन्दै टोलटोलमा भोट माग्न थालेका छन्। जिल्लाका सहरी क्षेत्रदेखि विकट ग्रामीण भेगका बस्तीहरूका स्थानीय चुनावको चर्चा हुन थालेको छ।

ललितपुरमा प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाबीच चुनावी प्रतिस्पर्धा हुँदैछ।

चारै दलले उम्मेदवार छनोटका लागि  छलफल तीव्र पारेका छन्। सबै तहमा जिल्लाको राजनीतिमा भिजेका, लोकप्रिय र स्वच्छ छवि भएका व्यक्तिलाई प्रतिस्पर्धी बनाउने दाबी दलका नेताहरूले गरेका छन्।

 ललितपुर महानगरपालिका

ललितपुर महानगरपालिकामा मेयरका आकांक्षी धेरै देखिएका छन्। मेेयरमा कांग्रेसका तर्फबाट प्रेमकृष्ण महर्जन, भरत न्याछों, चीनकाजी महर्जन, रामकृष्ण चित्रकार, प्रेमलाल महर्जन, बाबुराजा चित्रकारलगायत आकांक्षी छन्। एमालेबाट हरिकृष्ण व्यञ्जनकार, प्रेम महर्जन र ज्ञानेन्द्र शाक्यको चर्चा छ। यस्तै राप्रपाबाट नरेश श्रेष्ठको नाम आएको छ। माओवादी केन्द्रबाट राजकाजी महर्जन, उकुलाल डंगोल र सरोज डंगोल आकांक्षी छन्। उपमेयरमा कांग्रेसबाट भगवती शाही, निरु खड्का, मौद्धती केसी, गीता सत्याल, कान्छी महर्जन, फरिन्दा महर्जनलगायत चर्चामा छन्। एमालेबाट सुकुमाया लामा, रोमा आचार्य छन् भने माओवादीमा कोलाल महर्जनको चर्चा छ।

गोदावरी नगरपालिका

कार्यविनायक, गोदावरी र बज्रबाराहीको १४ देखि १८ वडा र देवीचौर गाविस गाभिएर बनेको गोदावरी नगरपालिकाको मेयरमा एमालेबाट श्यामकृष्ण सिलवाल, चेतनाथ सञ्जेल, रघुनाथ महर्जन, पुरुषोत्तम आचार्य, शिवराज सञ्जेल र चरसुन्दर महर्जनको नाम चर्चामा छ। राप्रपाबाट कृष्ण देशार आकांक्षी छन्। कांग्रेसबाट गजेन्› महर्जन, दिलीप कर्माचार्य, मीनकृष्ण महर्जन, विमलचन्› बिष्टको चर्चा छ। माओवादी केन्›का श्रीगोविन्द महर्जन चुनावमा उत्रिने संकेत देखाएका छन्।

महालक्ष्मी नगरपालिका

महालक्ष्मी नगरपालिकाको मेयरमा एमालेका किशोर केसी, रामेश्वर श्रेष्ठ, हरिगोविन्द श्रेष्ठ, सूर्यबहादुर थापा र चिरञ्जीवी आचार्यको चर्चा छ। कांग्रेसका दिवाकर सिलवाल, महेश खड्का, पवनविक्रम थापा, गणेश सिलवाल, महेन्द्र सिंह मेयरमा आकांक्षी छन्। राप्रपाबाट आनन्द अधिकारीको चर्चा छ। माओवादी केन्›बाट शिवप्रसाद कट्टेल, रामगोपाल सिंह र कृष्ण महर्जन मेयरका आकांक्षी छन्।

कोन्ज्योसोम गाउ“पालिकामा

कोन्ज्योसोम गाउ“पालिका प्रमुखमा एमालेका कृष्णमान लामा, कांग्रेसका सानुकान्छा मोक्तान र राजन घिमिरे, माओवादीका गोपी तामाङ र योगेन्› घिसिङ आकांक्षी छन्। 

बागमती गाउँपालिका

बागमति गाउँपालिका प्रमुखमा एमालेका नारायण तिमल्सिना, रामहरि घिमिरे, राजकुमार दर्लामी, दुर्गा घिमिरे आकांक्षी छन्। कांग्रेसका वीरबहादुर लामा र विन्स शर्माको चर्चा छ।

महाँकाल गाउँपालिका

महाँकाल गाउ“पालिकामा कांग्रेसमा श्याम न्यासुर तामाङ,  भीमसेन घिमिरे, ऋषिदेव फुया“ल, गणेश केसी प्रमुखमा आकांक्षी छन्। माओवादी केन्द्रका बुद्ध नेगी, राप्रपाका गणेश चौरेल र माधव घिमिरेको चर्चामा छ। एमालेका रामचन्› दाहाल, नवराज महत, अमृतनाथ तिमल्सिना र उमेश शर्मा प्रमुखमा आकांक्षी छन्।

चुनाव तयारीकै लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा मतदान केन्द्र सिफारिस समिति बनाइएको छ। समितिले जिल्लामा एक सय ३१ मतदान केन्द्र टुंगो लगाइसकेको छ। ‘कुनकुन स्थानलाई मतदान केन्द्र बनाउने भन्ने विषय टुंगो लगाइसकेका छौं,' प्रमुख जिल्ला अधिकारी तथा समितिका संयोजक दीपक काफ्लेले भने, ‘समितिले चुनावी तयारीबारे प्रतिवेदन आयोगमा पठाइसकेको छ।'

प्रकाशित: ७ वैशाख २०७४ ०२:१६ बिहीबार

ललितपुरमा उम्मेदवार बन्न होडबाजी