राजनीति

गच्छदारले पार्टीबाट ‘मधेसी’ शब्द  हटाउने

काठमाडौं– विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले पार्टीको नामबाट ‘मधेसी’ शब्द हटाउने भएको छ।

राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा  अध्यक्ष गच्छदारले पार्टीको नामबाट ‘मधेसी’ शब्द हटाएर त्यसको सट्टा ‘नेपाल’ राख्ने जानकारी दिएका हुन्। उनले अब पार्टीको नाम ‘नेपाल लोकतान्त्रिक फोरम’ हुने बताए।

ध्यक्ष गच्छदारले पार्टीको नामबाट ‘मधेसी’ शब्द हटाएर त्यसको सट्टा ‘नेपाल’ राख्ने जानकारी दिएका हुन्। उनले अब पार्टीको नाम ‘नेपाल लोकतान्त्रिक फोरम’ हुने बताए।

पार्टी कार्यसम्पाद समिति सदस्य योगेन्द्र चौधरीले आगामी केन्द्रीय समितिको बैठकबाट पार्टीको नाम फेर्नेबारे औपचारिक निर्णय हुने बताए। ‘अब बस्ने केन्द्रीय समिति बैठकमा पार्टीको नााम फेर्ने औपचारिक निर्णय हुन्छ’, उनले भने।

दुई वर्षदेखि फोरम लोकतान्त्रिकमा पार्टीको नामबाट ‘मधेसी’ शब्द हटाउने कि नहटाउने भन्नेमा बहस हुँदै आएको छ। खासगरी फोरम लोकतान्त्रिकमा आबद्ध पहाडी मूलका नेताले पार्टीको नामबाट ‘मधेसी’ शब्द हटाउन लबिङ गर्दै आएका छन्।

उपेन्द्र यादवले भने दुई वर्षअघि नै आफ्नो पार्टीको नामबाट ‘मधेसी’ शब्द हटाएका थिए। अशोक राईको पार्टीसँग एकीकरणपछि यादवले पार्टीको नाम संघीय समाजवादी फोरम नेपाल राखेका छन् । त्यसअघि उनको दलको नाम मधेसी जनअधिकार फोरम थियो।

प्रकाशित: २१ चैत्र २०७३ ०६:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App