राजनीति

भारतीय राजदूतले ओली भेटे

एमाले अध्यक्ष केपी शर्मा ओली (दायाँ) तथा भारतीय राजदूत। तस्विरः दिपेश श्रेष्ठ

काठमाडौं—नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय राजदूत मञ्जिव सिंह पुरीबीच भेटवार्ता भएको छ। शनिबार काठमाडौं उत्रिएका नेपालका लागि भारतीय राजदूत पुरीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाएका थिए।

ओहोदाको प्रमाणपत्र बुझाएसँगै उनले राजनीतिक भेटघाट सुरु गरेका हुन्।

सिंहदरबारस्थित एमाले संसदीय कार्यालयमा अध्यक्ष ओली र राजदूत गिरीबीच भेटवार्ता जारी रहेको ओलीका प्रेस सहयोगी प्रमोद दाहालले नागरिकन्युजलाई बताए।

प्रकाशित: १४ चैत्र २०७३ ०६:२७ सोमबार

भारतीय राजदूतले ओली भेटे