राजनीति

कमल थापाको कार्यशैली 'अधिनायकवादी' भन्दै प्रकाशचन्द्र लोहनीले राप्रपा छोडे

डा.प्रकाशचन्द्र लोहोनी

काठमाडौं— अध्यक्ष कमल थापाको कार्यशैली ‘अधिनायकवादी’ भएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले पार्टी त्याग गरेका छन्। अध्यक्ष कमल थापालाई तीन पृष्ठ लामो पत्र पठाउँदै उनले पार्टी त्याग गरेका हुन्।

अध्यक्ष कमल थापाको कार्यशैली ‘अधिनायकवादी’ भएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले पार्टी त्याग

‘एकता महाधिवेशनको क्रममा भएका समझदारीलाई लत्याउने र सम्पूर्ण पार्टीलाई आफ्नो राजनीति र अन्य स्वार्थ पूर्तिको औजार मात्र बनाउने प्रवृत्ति हाबी भएको छ’, लोहनीले पठाएको पत्रमा उल्लेख छ।

मन्त्रिपरिषदमा सामेल हुँदा एवं पार्टीको तर्फबाट राजदूत नियुक्तिमा नाम सिफारिश गर्दा समेत एकतर्फी निर्णय गरेको भन्दै लोहनीले भनेका छन्, ‘सरकारले गरेको नांगो भ्रष्ट्राचारको अनुमोदन अध्यक्ष थापाको गतिविधिले गरेको छ।’

आजदेखि आफू राप्रपामा नरहेको उनले पत्रको शिरमै उल्लेख गरेका छन्।
 

प्रकाशित: २९ फाल्गुन २०७३ १०:३४ आइतबार

कमल थापाको कार्यशैली अधिनायकवादी भन्दै प्रकाशचन्द्र लोहनीले राप्रपा छोडे