काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता डा. बंशिधर मिश्रले संविधान संशोधन प्रस्तावलाई टुंगोमा पुर्याउनका लागि एमालेले कुनै पनि अवरोध नगर्ने स्पष्ट पारेका छन्।
‘हाम्रो पार्टी चुनावको बाधा, अड्चन हटाउनको लागि संविधान संशोधन प्रस्तावलाई प्रक्रियामै लगेर टुंगो लगाउनुपर्छ भन्ने कुरामा स्पष्ट छ,’ उनले भने, ‘प्रक्रियाबाट आएको निश्कर्षलाई मोर्चाले पनि स्विकार्नुपर्छ, लचकता देखाउनुपर्छ।’
उनले आफ्नो पार्टी लचिलो बनिसकेकोले अब मधेशी मोर्चापन िलचिलो बन्नुपर्ने बताए ।
‘समस्याको समाधानको मिलनविन्दु खोज्नको लागि वार्ता तथा सम्वादलाई निरन्तरता दिनुपर्छ,’ उनले भने।
मिश्रले संशोधन प्रस्ताव मधेशी मोर्चाको हितमा नभएकोले आफ्नो पार्टीले कुनै पनि हालतमा पारित गर्न नदिने जिकिर गरे।
उनले मधेशी मोर्चालाई चुनावमा भाग लिएर मधेशमा को कति हैसियतमा छ भन्ने कुरा प्रमाणित गराएर देखाउन चूनौतीसमेत दिए।
‘मधेशी मोर्चाले स्थानीय तहको चुनाव जितेर देखाए भैहाल्यो नि,’ रिपोर्टर्स क्लबमा उनले भने।
प्रकाशित: १४ फाल्गुन २०७३ ०८:४१ शनिबार