राजनीति

नेपालमा गुणस्तरीय शिक्षा नभएको सन्देश विश्वमा फैलिरहेको छ: नेता पौडेल

क्या

नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले नेपालमा गुणस्तरीय शिक्षा छैन भन्ने सन्देश विश्वमा फैलिरहेको बताएका छन्।

आईतवार उच्च शिक्षा र वैदेशिक शिक्षाको अवस्थाबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले नेपालमा शिक्षाको उद्देश्य स्पष्ट नरहेको बताएका छन्। सरकारले शिक्षाको स्पष्ट उद्देश्य तय गर्न अझै नसकेको उनको भनाइ छ। संघीय शिक्षा ऐन नआउँदा धेरै प्रश्न खेपिरहेको उल्लेख गर्दै उनले संघीय शिक्षा ऐनले पनि शिक्षाको उद्देश्य स्पष्ट पार्न नसक्ने दाबी गरे।

उनले निजी क्षेत्रमा राम्रो शिक्षा प्रदान हुन्छ भन्नेकुरा पनि पछिल्लो समय खस्कँदै गएको उल्लेख गरे।

प्रकाशित: १७ वैशाख २०८० १०:४७ आइतबार

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल