राजनीति

राष्ट्रिय सभाले गर्‍यो संसदीय सुनुवाइ समितिमा सदस्यहरुको मनोनयन

फाइल तस्बिर

राष्ट्रिय सभाले संसदीय सुनुवाइ समितिमा सदस्यहरुको मनोनयन गरेको छ।

राष्ट्रिय सभाको बुधवार बसेको बैठकले संसदीय सुनुवाइ समितिमा ३ जना राष्ट्रिय सभा सदस्यहरुलाई मनोनयन गरेको हो।

सतितिमा राष्ट्रिय सभा सदस्यहरु जगप्रसाद शर्मा, देवेन्द्र दाहाल र रमेशजंग रायमाझी रहेका छन्। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय सुनुवाइ समितिमा यी तीन सदस्यहरुलाई मनोनयन गरेको जानकारी बैठकमा गराएका थिए भने बैठकले सर्वसम्मत रुपमा सहमति जनाएको थियो।

प्रकाशित: १३ वैशाख २०८० ०८:२९ बुधबार

राष्ट्रिय सभा