राजनीति

आइतबार बस्ने संसद बैठक अबरोध गर्ने विपक्षी दलको निर्णय

काठमाडौं–प्रमुख प्रतिपक्षसहितका नौ विपक्षी दलले सरकारले संविधान संशोधन प्रस्ताव  संसदमा पेश गरे संसद बैठक अबरोध गर्ने निर्णय गरेका छन्। आइतबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले कुनै पनि हालतमा संशोधन प्रस्ताव टुबल हुन नदिने निर्णय गरेको नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले जानकारी दिए।

बैठकले निर्वाचन सम्बन्धी कानुन सरकारले संसदमा दर्ता गराए त्यसलाई  समर्थन गर्ने निर्णय गरेको छ। ‘निर्वाचनसँग सम्बन्धित कानुन संसदमा दर्ता गराए त्यसलाई  समर्थन गर्ने र संशोधन प्रस्तावलाई टुबल हुन नदिन बैठकले निर्णय गरेको छ,’ ढकालले भने, ‘सर्वोच्चको आदेशको पालना गर्दै सरकारले संशोधन प्रस्ताव फिर्ता लिनुपर्छ।’

यसअघि संर्वोच्चको फैसलाको सम्मान गर्दै संशोधन प्रस्तावलाई प्रक्रियामा लैजान दिन एमालेलगायतका दलले संकेत गरेका थिए। केही दिन अगाडि सभामुख ओनसरी घर्तीले बोलाएको बैठकमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आज बस्ने संसद बैठक अवरोध नगर्ने बताएका थिए।

प्रकाशित: २४ पुस २०७३ ०६:२१ आइतबार

आइतबार बस्ने संसद बैठक अबरोध गर्ने विपक्षी दलको निर्णय