राजनीति

माधवकुमार नेपालको आरोप- 'एमाले संसद विघटनको दाउमा छ'

फाइल तस्वीर

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले संसद विघटनको दाउमा रहेको आरोप लगाएका छन्।

बुधवार सुनसरीको इनरुवामा सञ्चारकर्मीहरुसँगको भेटमा नेता नेपालले एमाले संसद विघटन गरी मध्यावधी चुनावमा जाने दाउमा रहेको आरोप लगाएका हुन्।

अध्यक्ष नेपालले एमालेको सोचलाई पूरा हुन नदिने बताए। उनले संविधान मिच्ने कुरालाई आफूले समर्थन गर्न नसक्ने बताए। उनले एमालेसँगको एकताको सम्भावनाका बारेमा नेपालले मन र विचार मिल्नेहरुसँग वहस र छलफल गर्न तयार रहेपनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भने त्यस एकताको सम्भावना नरहेको बताए।

उनले भने, 'एमाले भित्र अब अहिले प्रतिनिधि सभालाई फेरि पनि विघटन गर्न सकिने हुन्छ। विघटन गर्न सकिन्छ। मध्यावधीको अवस्थामा जान सकिन्छ भन्ने सोच हामीले सुनेका छौं। त्यो बाटोमा त हामी जान सक्दैनौं। संविधान मिच्ने कुरालाई हामी समर्थन गर्न सक्दैनौं।'

नेता नेपालले केही व्यक्तिले पार्टी छाडेको र विचार मिल्ने बारे धारणा राख्नुलाई व्यक्तिगत निर्णयको विषय भएको बताएका छन्। उनले पार्टी छोड्नु र प्रवेश गर्नु नियमति प्रकृया रहेको बताए।

प्रकाशित: २९ चैत्र २०७९ ०६:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App