राजनीति

माधव नेपालले भने: मधेस र एमालेको सम्बन्ध कृष्ण र सुदामा जस्तै

राजविराज- नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पार्टी मधेस विरोधी नरहेको बताएका छन्।  शुक्रवार सप्तरीको खोजपुर गविस स्थित खरचुईया चोकमा पार्टी समर्थित स्वास्थ्यकर्मी संगठनले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर उद्घाटन गर्दै उनले यस्तो दावि गरेका हुन्।

 ‘नेकपा एमाले मधेसमा पनि जनाधार युक्त पार्टी भएको र मैले पनि त्यहिँबाट बराबर प्रतिनिधित्व गर्दै आएको हुँ, उनले प्रश्न गरे, ‘हामी कसरी मधेस विरोधी हुन सक्छौ?’ पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले अझै स्पष्ट पार्ने प्रयास गरे, ‘मेरो पनि मावली सिराहा हो, म मधेसमै जन्मेको हुँ।’ उनले मधेस र एमालेको सम्बन्ध द्वापर युगका कृष्ण र सुदामा झै रहेको भन्न छुटाएनन्।

                मधेसको विकासका लागि चुरेको संरक्षण गर्नु जरुरी रहेको बताउँदै उनले स्थानीय समुदायलाई आग्रह गरे, ‘तपाँईहरु क्रपया चुरे संरक्षणमा लाग्नुस, चुरे विनास भए तराई मधेस पनि अस्तव्यस्त हुन्छ।’

एमालेका नेताहरु सप्तरी आउने खवर पाए लगत्तै अघिल्लो दिन बिहीबार अपह्यन्न मधेसी मोर्चाले जिल्लाको खरचुईयामा एक घण्टा पूर्व पश्चिम राजमार्ग अबरुद्ध पारेका थिए। तर नेता नेपाल सुरक्षाकर्मी राजमार्गमा परिचालन गरिएको अवस्थामा शुक्रवार सप्तरी पुगेका हुन् । मोर्चाले सप्तरीमा एमालेका नेताहरुको सहभागितामा आयोजना हुने कार्यक्रम विथोल्ने निर्णाय यसअघि नै गरिसकेको हो।

प्रकाशित: १५ पुस २०७३ १२:५७ शुक्रबार

माधव नेपालले भने मधेस एमालेको सम्बन्ध कृष्ण सुदामा जस्तै