राजनीति

कांग्रेस नेता डा. चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा सुधार

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा राम्रो सुधार हुँदै गएको छ।

गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते भएका डा.भण्डारीको स्वास्थ्य पछिल्लो समय राम्रो हुँदै गएको हो।

गत फागुन ४ गतेदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत डा भण्डारीको स्वास्थ्यमा राम्रो सुधार आएको उनकानिकट कांग्रेसका नेता माधव न्यौपानेले जानकारी दिए। 'डा.भण्डारीको अनुहारको छाला राम्रो भइरहेको छ, बायाँ हातको पट्टी खोलिएको छ, कलमी छालाले राम्रो काम गरिरहेको छ', न्यौपानेले भने।

पछिल्लो समय डा.भण्डारीलाई ज्वरो समेत नआएको र दिनदिनै फिजियोथेरापी गरिएको न्यौपानेले बताए। डा.भण्डारीलाई दैनिक तीनरचार पटक हिँडाउने गरिएको छ।

प्रकाशित: २३ चैत्र २०७९ १६:०८ बिहीबार