राजनीति

नाकाबन्दीमा मधेसी नेताको कमाइ : ओली

नागरिक- एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले 'तथाकथित' भन्दै मधेसी मोर्चाको ओलाचना गरेका छन्। मोर्चाले गरेको आन्दोलनलाई पनि उनले तथाकथित मधेस आन्दोलन भनी  टिप्पणी गरेका छन्।

मधेस समस्याका विषयमा पार्टी केन्द्रीय कार्यालयमा गरिएको अन्तर्त्रि्कयामा ओलीले मधेसी मोर्चाले मधेसका वास्तविक मुद्दा नबोकेको आरोप पनि लगाए। मधेसी मोर्चाले मधेसमा ११ सिटमा विजय  हासिल गर्दा एमालेले ४० सिटमा विजय पाएको उनले बताए। मधेसमा एमाले हनुमानझैं शक्तिशाली भएको भनाइ उनको थियो। 'हनुमानजीले आफ्नो शक्ति आफैं चिन्न नसेके हाम्रा साथीहरूले मधेसमा एमालेको शक्ति चिन्न नसकेको मात्रै हो,' उनले भने। आफू पनि ५५ वर्षदेखि मधेसमै बसेको भन्दै ओलीले मधेसका बारेमा  मोर्चाका नेताहरूलाई भन्दा आफूलाई बढी जानकारी भएको दाबी गरे।

ओलीले २ नम्बर प्रदेशको सीमांकन हुँदा केही गल्ती भएको भन्दै अब हुने संविधान संशोधन सच्याउने बताए। एमालेका मधेसी कार्यकर्ताले २ नम्बर प्रदेशमा मधेस र पहाडलाई किन अलगअलग गरिएको भनी सोधेका थिए।

ओलीले मधेस आन्दोलनका क्रममा मोर्चाका नेताहरूले राम्रो आम्दानी गरेको आरोप लगाए। 'भारतले नाकाबन्दी गर्दा नेपालका  केही नेताले नाकाबन्दी हामीले गरेका हौं भने। नाकाबन्दीको स्वामित्व ग्रहण गर्न खोजे', ओलीले भने, 'उनीहरूको  बुतामा नाकाबन्दी थियो कि थिएन तर उनीहरूले त्यसरी हल्ला गरे।'

पाँच नम्बर प्रदेशलाई मधेस प्रदेश बनाउन यसअघि सहमति गरेको तर त्यसलाई तुरुन्त सच्याएको उनको भनाइ थियो। एमालेलाई मधेसीविरोधी पार्टी भन्नेहरू मूर्ख भएको उनले बताए। 'मूर्खहरूले मात्र एमालेलाई मधेसीविरोधी पार्टी भन्छन्। एमाले मधेसको पार्टी हो', उनले भने।

उनले नागरिकताका बारेमा पनि संविधान संशोधन गर्न आवश्यक नरहेको बताए। संघीयता कुनै धर्म नभएको टिप्पणी गर्दै ओलीले भने, 'संघीयताको विरोध नै गर्नु हुँदैन भनेर प्रचार गर्न थालिएको छ। के संघीयता धर्म हो', उनले भने।

नेता सत्यनारायण मण्डलले मधेसमा वास्तविक मधेसी तथा आदिवासी अल्पमतमा र आयातीत बहुमतमा पर्दै गएको बताए। अर्का नेता रघुवीर महासेठले एमाले एक जुट भएर मधेसमा जानुपर्ने बताए। संासद रामचन्द्र साह तेलीले मधेसमा एमाले एक्लिएको हो कि भन्ने परेको बताए। अन्तरक्रियामा बुद्धिजीवी डा. राजेश अहिराजले मधेसका समस्याबारे कार्यपत्र प्रस्तुत गरेका थिए।

प्रकाशित: १२ पुस २०७३ ०२:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App