राजनीति

उत्तर–दक्षिण जोड्ने सडक सरकारको प्राथमिकतामाःमन्त्री लेखक

धनगढी–भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले सरकारले चीन र भारतका नाका जोड्ने उत्तर–दक्षिण सडक सञ्जाल विस्तारलाई उच्च प्राथमिकता दिएको बताएका छन्। दुई देशका नाका जोड्ने सडक विस्तार हुन सके नेपाल दुई उदयमान शक्ति भारत र चीनबीचको सेतु नेपाल बन्न सक्ने र यसबाट नेपालले आर्थिक लाभ लिन सक्ने उनको  भनाइ थियो।

बिहीबार धनगढीमा धनगढी–अत्तरिया ६ लेन सडक निर्माण योजनाको कार्यालय उद्घाटन गर्दै उनले सुदुरपश्चिममा भारत जोड्ने नाका मोहनादेखि चीन जोड्ने ताक्लाकोटसम्म सडक सन्जाल बनाउन प्राथमिकता दिइएको बताए। ‘दुवै देश कानाका सडकबाट जोडिए आर्थिक, धार्मिक रुपमा हामी फाइला लिन सक्छौं’, उनले भने।
काले सडक सञ्जाल सरकारको प्राथमिकतामा परेको उनले बताए। भारत र चीनबीच व्यापारको धेरै संभावना छ। ‘यी दुई देशका नाका जोड्ने सडक विस्तार गर्न सके व्यापारमा नेपाल सेतु बन्न सक्छ,’ उनले भने।

आफ्नो मन्त्रालयले दुई देशका नाका जोड्ने सडकमा सबै भन्दा बढी बजेट विनियोजन गरी कामलाई तीव्रता दिएको उनले भनाइ छ।
धनगढी–अत्तरिया ६ लेन सडक निर्माण योजनाको कार्यालय बिहीबार उनले एक समारोहकाबीच धनगढीमा उद्घाटन गरे। सुदूरपश्चिममा धनगढी–अत्तरिया ६ लेन सडक, खुटिया–दिपायल फाष्टट्रयाक र सेती लोकमार्गको निर्माणले भारत र चीनलाई जोड्न सकिने उनले बताए। ‘यी तीन वटा सडक बनाउन सके मोहनादेखि ताक्लाकोट नाकासम्म सडक जोडिन्छ,’ उनले भने, ‘सडकले दुई देशका नाका जोडिए सुदूरपश्चिमको आर्थिक क्रान्तिको ढोका खुल्छ।’

वाणिज्य तथा आर्थिक रुपमा मात्र नभइ सडकले तराई र पहाडलाई समेत जोड्ने उनको भनाइ छ ।  रणनीतिक रुपमा महत्वपूर्ण यी तीन वटा सडक आयोजनाकालागि सरकारले आवश्यक जनशक्ति र बजेट विनियोजन गरेको उल्लेख गर्दै निर्माणको काम प्रभावकारी रुपमा अगाडि बढाउन छुट्टै आयोजना इकाइहरु स्थापना गरिएको उनले बताए। खुटिया–दिपायल द्रुतमार्ग निर्माणकालागि वीपीनगरमा आयोजनाको कार्यालय स्थापना गरिएको र चीनसँगको ताक्लाकोट नाका जोड्ने सेती लोकमार्गलाई पनि दुई भागमा छुट्याएर निर्माणको काम अगाडि बढाइएको उनले बताए। खुटिया–दिपायल द्रुतमार्ग अन्र्तगत यस वर्ष कैलालीमा मात्र २० किलोमिटर सडकको ट्रयाक खोलिने उनले बताए
 

प्रकाशित: ३० मंसिर २०७३ १२:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App