काठमाडौं- आज बस्ने भनिएको संसद बैठक स्थगित भएको छ। बैठक विशेष कारणबस बस्न नसकेको भन्दै ब्यवस्थापिका संसद नियमावली २०७३ को नियमको ६ उपनियम ३ बमोजिम बैठक स्थगित गरिएको ब्यवस्थापिका संसदका महासचिव मनोहरप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।
अर्को बैठक पुस ४ गते दिउँसो १ बजेका लागि बोलाइएको छ।
प्रकाशित: ३० मंसिर २०७३ ०६:१८ बिहीबार