राजनीति

सरकारमा सहभागी हुने विषयमा छलफल गर्न समाजवादीले गठन गर्‍यो कार्यदल

नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी हुन पार्टीले अध्यक्ष माधवकुमार नेपाल, पार्टी उपाध्यक्ष प्रमेस हमाल र पार्टी महासचिव घनश्याम भुसालसहितको तीन सदस्य कार्यदल गठन गरेको छ।

मंगलबार पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टी उपमहासचिव जगन्नाथ खतिवडाले पार्टी सत्तापक्षमा बसिसकेको र सरकारमा जाने बारेमा छलफल भएको बताए। उनले बैठकमा सरकारमा जाँदा कस्त नीति कार्यक्रम लिएर जाने भन्ने बारेमा पनि छलफल भएको बताए।

उनले भने, ‘सरकारमा जाने विषयमा निर्णय भएको छ। पार्टी सत्ता पक्षमा बसिसकेको छ। प्रधानमन्त्रीलाई विश्वासको मत दिइसकेको छ। सरकारमा जाने र यसबारे वृहत ढंगले सोच्नुपर्ने भएकाले त्यसका लागि पार्टी अध्यक्ष माधवकुमार नेपाल, पार्टी उपाध्यक्ष प्रमेस हमाल र पार्टी महासचिव घनश्याम भुसाल तीन सदस्य कार्यदल गठन गरेको छ। यसले नीति तथा कार्यक्रमा राख्ने बारेमा पनि सोच्नेछ। सरकारमा कसरी अघि बढ्ने भन्ने बारेमा सचिवालयमा प्रस्ताव दिनेछ।’

उमहासचिव खतिवडाले कार्यदलले सरकारी कुन ढंगले जाने भन्ने बारेमा सचिवालयलाई प्रश्ताव दिने बताए।  

प्रकाशित: ७ चैत्र २०७९ ०९:४६ मंगलबार

(एकीकृत समाजवादी