राजनीति

समर्थन फिर्ता लिने विषयमा गठबन्धनको बैठकमा छलफल हुने

काठमाडौं–संविधान संशोधन विधेयक दर्ता गर्न सरकारलाई १५ दिने अल्टिमेटम दिएको संघीय गठबन्धनको बैठक सोमबार १ बजे बस्दैछ। सरकारलाई दिएको समयभित्र संविधान संशोधन प्रस्ताव दर्ता नहुने अवस्था आएपछि गठबन्धनले बैठक बोलाएको हो। संघीय समाजवादी फोरम नेपालको कार्यलय तिनकुनेमा बस्ने बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिनेदेखि आन्दोलनका कार्यक्रम घोषणका विषयमा गम्भीर छलफल हुने नेताहरुले बताएका छन्।

‘संविधान संशोधन गर्न र असन्तुष्ट पक्षमा माग पूरा गर्न वर्तमान सरकार गठन भएको हो,’ मोर्चाका एक नेताले भने,‘संविधान संशोधन हुन्छ भनेर हामीले वर्तमान सरकालाई समर्थन गरेका हौं। आज संविधान संशोधन प्रस्ताव दर्ता भएन भने सरकारको औचित्य समाप्त हुन्छ।’

प्रधानमन्त्रीले बारम्बार संशोधन प्रस्ताव दर्ता गर्ने समय तोकेको तर तोकिएको समयभित्र प्रस्ताव दर्ता नभएको भन्दै गठबन्धनले सरकारलाई १५ दिने अल्टिमेटम दिएको थियो। गठबन्धनले दिएको समय आज सकिँदैछ। तर सरकारले भने सबै पक्षसँग सहमति गरेर मात्रै संशोधन प्रस्ताव दर्ता गर्ने भन्दै तत्काल संविधान संशोधन प्रस्ताव दर्ता नहुने संकेत गरेको छ।
 

प्रकाशित: १३ मंसिर २०७३ ०६:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App