राजनीति

'विदेशीको पैसामा एमालेको चलखेल'

भक्तपुर- कानुनमन्त्री अजयशंकर नायकले एमालेले विदेशीको पैसामा मुलुकमा चलखेल गरिरहेको आरोप लगाएका छन्। त्यसैको आडमा एमालेले नक्कली राष्ट्रवादी मुहार प्रर्दशन गरिरहेको आरोप पनि उनले लगाए। रफत सञ्चार क्लबले बुधबार आयोजना गरेको साक्षात्कारमा मन्त्री नायकले एमाले पूरै एनजिओ/ आइएनजिओबाट चल्ने गरेको दाबी गर्दै उक्त आरोप लगाएका हुन्। विदेशीको पैसाबाट सञ्चालित नक्कली राष्ट्रवादले देश नबन्ने उनको भनाइ थियो।

नायकले राजनीतिक दलहरूको इच्छा शक्ति भएमा स्थानीय निकाय निवार्चनसँग सम्बन्धित सबै विधेयक संसद्बाट पारित गर्न सकिने बताए। उनले माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालको राष्ट्रवादी सोचलाई बु‰न नसक्नेहरूले विभिन्न आरोप लगाउने गरेको बताए। राजनीतिक दलहरूले देशका समस्या पहिचान गरी समाधान गर्न लागिपरे विदेशीले चलखेल गर्न नसक्ने उनले बताए।

प्रकाशित: ९ मंसिर २०७३ ०२:०६ बिहीबार

विदेशीको पैसामा एमालेको चलखेल