धनगढी—नयाँ शक्ति पार्टी नेपालका प्रादेशिक परिषद् सदस्य दीपकबहादुर खड्कालाई दलको जिम्मेवारीबाट हटाइएको छ।
गत असोजदेखि सम्पर्कमा नरहेका खड्काले पार्टीको हित विपरीत काम गरेको र बैंक तथा वित्तीय संस्था र सर्वसाधारणलाई करोडौँ रुपैयाँ ठगी गरेको अभियोग लगाइएको छ।
हाल फरार रहेका उनलाई दलको साधारण सदस्य नरहने गरी सम्पूर्ण जिम्मेवारीबाट हटाइएको नयाँ शक्ति ७ नं प्रदेशका संयोजक लीला भण्डारीद्वारा सोमबार प्रकाशित विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: ७ मंसिर २०७३ ०६:२६ मंगलबार