राजनीति

चैत ५ गतेपछि मात्रै सरकार बिस्तार हुने

मन्त्रीपरिषदको विस्तार चैतको ५ गतेपछि मात्र हने भएको छ। सरकारमा अहिले राप्रपा एमाले र रास्वपाले सरकार छाड्दा सबै महत्वपूर्ण सबै मन्त्रालयको  जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहालमाथी छ।  

शुक्रबार बसेको माओवादी घटकका नेताहरुको बैठकपछि संचारकर्मीलाई प्रतिक्रिया दिँदै माओवादी महासचिव देव गुरुङले सरकार विस्तारको काम उपराष्ट्रपतिको निर्वाचन सकिएसँगै बताए।

अहिले राष्ट्रपति र उपराष्ट्रपतिको चुनावले निर्वाचन आचारसंहीता लागु भएकोले सरकार विस्तार हुन नसकेको उनले जानकारी दिए।          

प्रकाशित: २६ फाल्गुन २०७९ ०५:१३ शुक्रबार