राजनीति

कात्तिकभित्र संविधान संशोधन नभए समर्थन फिर्ताः अध्यक्ष भण्डारी

काठमाडौं– राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष एवम् संघीय गठबन्धनका नेता शरतसिंह भण्डारीले कात्तिकभित्र पनि संविधान संशोधन नभए मोर्चाले सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।

‘यो महिनाभित्रै संविधान संशोधन हुनैपर्छ, भएन भने हामी सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं र सशक्त आन्दोलनमा होमिन्छौं,’ उनले भने।

रिपोर्टर्स क्लबको देउसी–भैलो टोलीसँग कुरा गर्दै नेता भण्डारीले संविधान संशोधन नभए मुलुक राजनीतिक दुर्घटनामा पर्ने खतरा औंल्याए। उनले अघि भने, ‘संविधान संशोधन भएन भने मुलुक दुर्घटनामा जान्छ, यसको सबैभन्दा ठूलो प्रभाव ठूला पार्टीहरु काँग्रेस, एमाले र माओवादी केन्द्रलाई पर्छ।’

अध्यक्ष भण्डारीले मोर्चाले अहिलेसम्म सरकारलाई संविधान संशोधनको लागि कुनै समयसीमा नतोकेको उल्लेख गर्दै भने, ‘हामीले समयसीमा तोकेका छैनौं, बरु प्रधानमन्त्री स्वयमले आँफै समयसिमा तोक्नु भएको छ, तर जे भएपनि उहाँहरुको लागि यो अन्तिम अवसर हो।’
 

प्रकाशित: १५ कार्तिक २०७३ ०८:१४ सोमबार

कात्तिकभित्र संविधान संशोधन नभए समर्थन फिर्ताः अध्यक्ष भण्डारी