राजनीति

अख्तियार प्रमुखले कानुन उल्लङघन गर्दा संसद हेरेर बस्न सक्दैन: रविन्द्र अधिकारी

काठमाडौं-  नेकपा एमालेका सांसद रविन्द्र अधिकारीले अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताव आम नेपालीको भएको बताएका छन्।

अख्तियार प्रमुख कार्की विरुद्ध संसदमा पेश भएको महाभियोग प्रस्तवमाथिको सैद्धान्तिक छलफलमा बोल्दै अधिकारीले यो खराव आचरणको विरुद्धमा ल्याइएको प्रस्ताव भएको बताए। 'यो सत्ता पक्ष र विपक्षको विषय होइन', उनले भने, 'यो आम नेपालीको प्रस्ताव हो।'

कार्कीले संविधान र कानुन उल्लङघन गर्न खोजेको बताए।  'अख्तियारको प्रमुखले के संविधान र कानुनको बर्खिलाप जान सक्छ?', उनको प्रश्न थियो, 'सर्वोच्चको आदेश विपरित संवैधानिक निकायको प्रमुख जान सक्छ? संसदलाई अवहेलना गर्न सक्छ?' अधिकारीको प्रश्न थियो। तर यस्ता घटना निरन्तर कार्कीबाट भएको अधिकारीको भनाई थियो। यस्ता घटना संसदले टुलुटुलु हेरेर बस्न नसक्ने उनको धारणा थियो। यसै कारणले कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव आएको उनले स्पष्ट पारे।  

कुनै संस्थाको प्रमुखले शक्ति पृथकिकरणको शिद्धान्त विपिरत लोकतान्त्रिक अभ्यासलाई अवरोध गर्छ र संवैधानिक निकायको प्रमुख वेलगाम भयो भने त्यसलाई कारबाही गर्ने तरिका महाअभियोग भएको उनले बताए।

 

प्रकाशित: ९ कार्तिक २०७३ १०:२८ मंगलबार

अख्तियार प्रमुखले कानुन उल्लङघन गर्दा संसद हेरेर बस्न सक्दैन रविन्द्र अधिकारी