राजनीति

प्रधानमन्त्री र ओलीबीच भेटवार्ता, राष्ट्रपति निर्वाचनको विषयमा छलफल

फाइल तस्बिर।

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच राष्ट्रपति निर्वाचनको विषयमा छलफल भएको छ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा राष्ट्रपति निर्वाचन,  सरकार सञ्चालन,समसामयिक राजनीतिक र राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाडेको विषयमा छलफल भएको ओलीको सचिवालय स्रोतले जनाएको छ।

एक महिना पछाडि राष्ट्रपतिको निर्वाचन हुँदैछ। सरकार गठनका बेला एमाले र माओवादी केन्द्रबीच प्रधानमन्त्री माओवादीले र राष्ट्रपति एमालेले लिने सहमति भएको थियो। तर पछिल्लो समय प्रधानमन्त्री दाहाल राष्ट्रिय सहमतिमै राष्ट्रपति बनाउनुपर्नेमा जोड दिँदै आइरहेका छन्। दाहालको यो अभिव्यक्तिले एमाले सशंकित बनेको छ।

प्रकाशित: २४ माघ २०७९ ०७:३९ मंगलबार

नेकपा एमाले पुष्पकमल दाहाल केपी शर्मा ओली