राजनीति

अनुशासनहीन कर्मचारीलाई कारबाही गर्न प्रमको निर्देशन

काठमाडौँ-कार्यालय समयमा जनताको समस्या समाधान गर्नुपर्ने सरकारी कर्मचारी नै तास खेलेर बसेको भन्ने समाचार प्रकाशित भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले त्यस्ता कर्मचारीलाई कारबाही गर्ने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आज मुख्य सचिव सोमलाल सुवेदीलाई तत्काल छानबिन गरी त्यस्ता कर्मचारीलाई कारबाही गर्न निर्देशन दिनुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव दामोदर रेग्मीले जानकारी दिए।

प्रधानमन्त्रीले आफू १० बजे कार्यालय खुलेदेखि नै प्रधानमन्त्री कार्यालयमा बसेर जनताको काम गर्ने भन्दै सबै कर्मचारीलाई कार्यालय समयमा उपस्थित रहेर जनताको काम गर्न तथा कुनै पनि गलत काम नगर्न निर्देशनसमेत दिए।

अर्थ मन्त्रालयको सूचना अधिकारीको कक्षमा कार्यालय समय भित्रै कर्मचारी तास खेल्न व्यस्त रहेको भन्ने समाचार प्रकाशित भएपछि प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन्। रासस

 

प्रकाशित: १७ भाद्र २०७३ १४:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App