राजनीति

राष्ट्रपतिद्वारा लम्साल र खनाललाई राजदूत नियुक्त

काठमाडौं– मन्त्रिपरिषद्ले सिफारिस गरेका दुई सहसचिवलाई मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूत पदमा नियुक्त गरेकी छन्।

यसअघि नै संसदीय सुनुवाइ सकेर मन्पिरिषद्ले समेत सिफारिस गरिसकेका परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साल अधिकारीलाई पाकिस्तार र सोही मन्त्रालयका अर्का सहसचिव रमेशप्रसाद खनाललाई जर्मनीका लागि नेपालको राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता धु्रबराज आचार्यले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।  

 

प्रकाशित: ७ भाद्र २०७३ १३:३५ मंगलबार

राष्ट्रपतिद्वारा लम्साल खनाललाई राजदूत