राजनीति

मधेस प्रदेशः माओवादी संसदीय दलको नेतामा साह निर्वाचित

नेकपा (माओवादी केन्द्र) मधेस प्रदेश संसदीय दलको नेतामा भरतप्रसाद साह निर्वाचित भएका छन्। आज बिहान भएको निर्वाचनमा उनले अर्का उम्मेदवार युवराज भट्टराईलाई पराजित गरेका थिए।  

सहमतिका लागि अधिकतम प्रयास भए पनि अन्ततः निर्वाचत गर्नु परेकामा साहले चार र भट्टराईले तीन मत प्राप्त गरेको जनाइएको छ। माओवादी केन्द्रबाट मधेस प्रदेशसभामा नौजना सदस्य रहे पनि दुई निलम्बनमा छन्।

प्रकाशित: २९ पुस २०७९ ०७:१७ शुक्रबार

मधेस प्रदेश नेकपा (माओवादी केन्द्र) भरतप्रसाद साह