राजनीति

जिल्लामा नै सहजरुपमा सेवा उपलब्ध गराउन उपप्रधानमन्त्री लामिछानेकाे निर्देशन

तस्बिरः नवराज पाण्डे

उपप्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेले चितवनका सबै सरकारी कार्यलयहरुलाई जिल्लामा नै सहजरुपमा सेवा उपलब्ध गराउन निर्देशन दिएका छन्।  

बिहिबार सरकार गठनपछि पहिलो पटक चितवन पुगेका गृह मन्त्री रवि लामिछानेले चितवनका सबै सरकारी कार्यलयहरुलाई जिल्लामा नै सहजरुपमा सेवा उपलब्ध गराउन निर्देशन दिएका हुन्।  

उनले आज चितवनस्थित सबै सरकारी कार्यालयका प्रमुखहरुसँग छलफल गर्दै सेवाग्राहीहरुलाई काठमाडौँ र सिंहदरवार पुग्नै नपर्ने गरि जिल्लामा नै सहजरुपमा सेवा उपलब्ध गराउन निर्देशन दिएको सचिवालयले जानकारी दिएको छ। 

प्रकाशित: २८ पुस २०७९ ०७:३२ बिहीबार

उपप्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछाने