राजनीति

सरकारमा सहभागी हुने राप्रपाको निर्णय

राष्ट्रिय प्रजातन्त्रत्र पार्टी राप्रपा सरकारमा सहभागी हुने  भएको छ।

आज  पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी संघ र प्रदेश दुबैतर्फ सरकारमा सहभागी हुने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।सरकारको न्युनतम साझा कार्यक्रम पछि मात्र पार्टी सरकारमा जाने पनि प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन।

 पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा सर्मथन गरेको राप्रपामा  सरकारमा सहभागी हुने कि नहुने भन्नेमा बहस हुँदै आएको थियो। आजको  बैठकमा अधिकांश नेताहरूले सरकारमा गएर आफ्नो एजेण्डा स्थापित गर्नेतर्फ लाग्नुपर्ने सुझाव दिएपछि राप्रपाले  सरकारमा जाने निर्णय गरेको महामन्त्री भुवन पाठकले जानकारी दिए।  

प्रकाशित: १३ पुस २०७९ १४:१५ बुधबार

राष्ट्रिय प्रजातन्त्रत्र पार्टी