राजनीति

कर्मचारीले सेवाग्राहीको गुनासो घटाउनु पर्छः मुख्यसचिव

हेलाे सरकार कक्ष उद्घाटन गर्दै मुख्य सचिव सुवेदी।

धनकुटा–मुख्य सचिव सोमलाल सुवेदीले सेवाग्राहीको गुनासो घटाउने जिम्मेवारी सरकारी कर्मचारीको भएको बताएका छन्। सरकारी सेवा दिने क्रममा मानवीय त्रुटीहुँदा सेवग्राहीले गुनासो गर्ने भन्दै गुनासोलाई महाभारत पर्वत जस्तो अग्लो नबनाइ पर्छौट गर्दै लगे सरकारी सेवा गुणस्तरीय हुने उनको भनाइ थियो।
मंगलबार पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयले स्थापना गरेको हेलो सरकार कक्षको उद्घाटन गर्दै मुख्य सचिव सुवेदीले सिहंदरबारमा सवै सेवाग्राही पहुँच नपुग्ने भएकाले गुनासो आइनपुगेकाले क्षेत्रीयस्तरमा  हेलो सरकार कक्ष सुरु गरेको बताए। सेवाग्राहीमा सेवा प्रवाह गर्न विषयमा केन्द्र, क्षेत्र र जिल्ला तहमा प्रगति देखिएपनि स्थानीय तहमा सेवा नपुगेकाले  हेलो सरकार कार्यक्रममार्फत स्थानीय तहलाई चुस्त बनाउने सुवेदीले बताए।
     नेपालको विकास नीति योजनामुखी बजेट हुनु पर्नेमा बजेटमुखी योजना रहेकाले भने जस्तो सेवा दिन नसकिएको उनको भनाइ थियो।
प्रधानमन्त्री कार्यालयका सचिव चन्द्रकुमार घिमिरेले चुस्त, दुरुस्त सेवा नै विकासको पहिलो सूचक भएकाले सरकारी नीति र कार्यक्रमलाई डटेर कार्यन्वयन गर्नु पर्ने बताए । पूर्वाञ्चलल क्षत्रीय प्रशासक रामुकमार आचार्यले सरकारी सेवामा आएका गुनासो सुनुवाई गर्न कुनै कसर बाँकी नराख्ने बताए ।
हेला सरकार कक्ष ४ वटा क्षेत्रीय प्रशासन कार्यालयमा स्थापना भइसकेको छ। सुदुर पश्चिमाञ्चलको डोटीमा स्थापना हुन बाँकी रहेको कार्यक्रममा जानकारी दिइएको छ। हेलो सरकार कक्षमा कार्यालयमा कर्मचारी नबसेको, सरकारी सेवा नपाएको, विकास निर्माणका योजना लथालिंग भएको लगायतका उजुरी इमेल र टेलीफोनमार्फत गर्न सकिने कार्यक्रममा जानकारी दिइएको छ ।

 

प्रकाशित: १४ असार २०७३ ०७:४१ मंगलबार

कर्मचारीले सेवाग्राहीको गुनासो घटाउनु पर्छः मुख्यसचिव