राजनीति

सातै प्रदेशसहित संघीय सरकारमा नेतृत्व दाबी गर्ने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले सातै प्रदेशसहित संघीय सरकारमा नेतृत्व दाबी गर्ने निर्णय गरेको छ। आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले प्रदेशसहित संघीय सरकारमा नेतृत्व दाबी गर्ने निर्णय गरेको हो।

बैठकपछि प्रवक्ता प्रकाशशरण महतले ठुलो दलको हैसियतले पार्टीले नै सरकारको नेतृत्व पाउनुपर्ने निष्कर्षका साथ कांग्रेसले यस्तो निर्णय गरेको जानकारी दिए। यस्तै संसदीय दलको चुनावका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको पनि उनले बताए।

सातै प्रदेशमा संसदीय दलको नेता चयनका लागि प्रदेश कार्यसमितिलाई निर्देशन दिने निर्णय भएको महतले जानकारी दिए। 

प्रकाशित: ३ पुस २०७९ १२:०६ आइतबार

नेपाली कांग्रेस