राजनीति

सुनसरीबाट प्रदेशसभामा कांग्रेसका मन्सुरी विजयी

यसपटकको निर्वाचनमा नराम्ररी हार बेर्होन पुगेको कांग्रेसबाट सुनसरीमा अहिलेसम्म एक जना प्रदेशसभा सदस्य विजयी भएका छन्। सुनसरी क्षेत्र नं. ४ (ख) बाट हाजी डाक्टर इसरायल मन्सुरी विजयी भएका हुन्।

उनले १४ हजार ३५८ मत ल्याएर विजयी भएका हुन्। उनका निकटम प्रतिद्दन्दी एमालेका अब्बास अन्सारीले १२ हजार २१२ मत प्राप्त गरे। सुनसरीका छवटा प्रतिनिधिसभा र आठवटा प्रदेशसभामध्ये अहिलेसम्म दुईवटा प्रतिनिधिसभा एमालेले जिती सकेको छ। एउटा प्रतिनिधिसभामा एमाले–जसपाको तालमेलमा जसपाका उम्मेदवार विजयी भएका छन्।

यस्तै, छ वटा प्रदेशसभा सदस्यमा एमालेका उम्मेदवार विजयी भईसकेका छन्। अब सुनसरी क्षेत्र नं. ४ मा प्रतिनिधिसभा र ४ (क) प्रदेशसभाको मतगणना जारी रहेकाले गर्दा सार्वजनिक हुन बाँकी छ।

पहिलो संविधानसभा निर्वाचनमा सुनसरीमा नराम्ररी पराजय भोगेको नेपाली कांग्रेसले दोस्रो संविधानसभामा एक सिट जितेर शुन्य हुनबाट जोगाएको थियो। ०७४ सालमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भने देशभर बामपन्थी गठबन्धनको लहर चलिरहेका बेला सुनसरीमा राम्रो नतिजा निकाल्न सफल भएको थियो।

सुनसरी क्षेत्र नं. १ बाहेक ०४८ सालको आम निर्वाचन, ०५१ सालको मध्यावधि र ०५६ सालको संसदीय निर्वाचनमा बर्चस्व रहेर कांग्रेसले जित्दै आएको थियो। ०७४ मा पनि काँग्रेसले क्षेत्र नं. २, ३ र ४ प्रतिनिधिसभा विजयी भएको थियो। प्रदेशसभातर्फ क्षेत्र नं. २ (ख), ३ (ख) र ४ (ख) मा जितेको थियो। क्षेत्र नं. १ एमालेले जितेको थियो। क्षेत्र नं. १ को (क) र (ख) दुवै एमालेले जितेको थियो। क्षेत्र नं. २ को –क), ३ को –क) र ४ को (क) एमालेका उम्मेदवारले जितेका थिए। यसपटक कांग्रेसले अहिलेसम्म एउटा प्रदेशसभा सदस्य मात्र जितेको छ।  

प्रकाशित: १४ मंसिर २०७९ १४:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App