राजनीति

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ।  

प्रधानमन्त्री निवास बालुवाटारमा आज उनीहरुबीच भएको भेटमा निर्वाचनको हालसम्मको परिणाम र विकसित राजनीतिक घटनाक्रममा केन्द्रित रही छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ।  

सत्ता साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्रसहित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन गरेको अवस्थामा निर्वाचनको परिणाम आउँदै गर्दा भएको यस भेटघाटलाई आगामी सहकार्यका रुपमा हेरिएको छ। प्राप्त मतपरिणाम अनुसार हालसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस ३९ र माओवादी केन्द्र १३ स्थानमा विजयी भएका छन्।  

प्रकाशित: १० मंसिर २०७९ ०७:२८ शनिबार

शेरबहादुर देउवा पुष्पकमल दाहाल