राजनीति

लमजुङबाट प्रतिनिधिसभा सदस्यमा पृथ्वीसुब्बा गुरुङ विजयी

लमजुङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निर्वाचित भएका छन्।

सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई ३ हजार १ सय ८८ मतले पराजित गर्दै एमाले उपमहासचिव गुरुङ निर्वाचित भएका हुन्। निर्वाचित गुरुङले ३४ हजार ९ सय ६९ मत पाए। प्रतिद्वन्द्वी गुरुङले ३१ हजार ७ सय ८१ मत पाए।

लमजुङमा कूल १ लाख ३३ हजार ५ सय ५९ मतदाता रहेकोमा ८० हजार १ सय ९२ मत खसेको थियो। खसेको मतमध्ये प्रतिनिधिसभातर्फ २ हजार ३ सय ८४ मत बदर भएको छ।

प्रकाशित: ८ मंसिर २०७९ ०६:२३ बिहीबार

नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ