धनुषा निर्वाचन क्षेत्र-१ जनता समाजवादी पार्टीका दिपक कार्कीको अग्रता कायमै रहेको छ। कार्कीले ५ हजार ८२४ मत प्राप्त गरी अग्रता बनाएका छन् भने उनलाई माओवादी केन्द्रका मातृकाप्रसाद यादव ३ हजार ६०५ मत ल्याएर पछ्याउँदै छन्।
राप्रपाका मनोज मल्ल ठकुरीले २ हजार ६५० मत ल्याएर तेस्रो स्थानमा छन् भने जनमत पार्टीका किशोर साह कमलले २ हजार ६६२ मत प्राप्त गरेका छन।
गणेशमान चारनाथ नगर पालिकाको मतगणना सम्पन्न भएको छ।
प्रकाशित: ७ मंसिर २०७९ ०८:३१ बुधबार