राजनीति

दार्चुला प्रदेशसभा क्षेत्र-१ मा कांग्रेसका उम्मेदवार बिक्रमसिंह धामी विजयी

दार्चुलाको प्रदेश सभा क्षेत्र नम्बर-१ मा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार बिक्रमसिंह  धामी विजयी भएका छन्। नेकपा एमालेका उम्मेदवार हरदेब जोशीलाई १५ हजार १सय २७ मतान्तरले पराजित गर्दै धामी विजयी भएका हुन्।  

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जोशीले १३ हजार ४ सय ५१  मत प्राप्त गरेका थिए।  

दार्चुलाको प्रदेशसभा क्षेत्र १ मा  जम्मा मतदाता संख्या ५१ हजार ४७ मतदाता रहेकोमा ३१ हजार ५ सय ४२ मत खसेको थियो।

जस मध्ये ११ सय ३४ मत बदर भएका थिए भने ३० हजार ४ सय ८ मत सदर भएका थिए। प्रदेशसभा क बाट स्वतन्त्र उम्मेदवार शंकर सिंह धामीले १४ सय १८ मत ल्याएका थिए।

बिक्रमसिंह धामी १५ हजार १ सय २७ मत ल्याई विजय घोषणा भएको निर्वाचन आयोग दार्चुला ले जनाएको छ।

प्रकाशित: ७ मंसिर २०७९ ०६:१६ बुधबार

बिक्रमसिंह धामी Election 2079