काठमाडौं क्षेत्र नम्बर–५ मा नेपाली कांग्रेसका उमेदवार प्रदीप पौडेलको जित निश्चित भएको छ। उनले नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई हराउँदै प्रतिनिधिसभामा आफ्नो स्थान पक्का गरेका हुन्।
अहिलेसम्म पौडेलले १५ हजार २ सय ३७ मत प्राप्त गरेका छन् भने पोखरेलले १० हजार १७२ मत पाएका छन्।
प्रकाशित: ६ मंसिर २०७९ १५:४६ मंगलबार