राजनीति

धनुषा-२ मा एमालेको उमाशंकर अगाडि,कांग्रेसका रामकृष्ण पछिपछि

धनुषाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र-२ एमालेको उमाशंकर अरगरियाले अग्रता बनाएका छन्। उनले ४ हजार १६४ मत ल्याएर अग्रस्थान रहेको छ भने उनलाई नेपाली कांग्रेसका रामकृष्ण यादवले ३ हजार ३६१ मत ल्याएर पछ्याउँदै छन्।

तेस्रो स्थानमा जनता समाजवादी पार्टी गंगाराम यादव आनन्द रहेका छन्। उनले  २ हजार २६९ ल्याएका छन् भने एकीकृत समाजवादीका रामचन्द्र झाले १ हजार ७८८ मत ल्याएर चौथो स्थान रहेका छन्।  

जनमत पार्टीका जयराम साहले १ हजार ४७० मत ल्याए पाचौं स्थानमा रहेका छन्। अहिलेसम्म सहिदनगर नगरपालिकाको १,२,६,७,८ र ९ नम्बर वडाको मतगणना सम्पन्न भएको छ।

प्रकाशित: ६ मंसिर २०७९ ०७:३४ मंगलबार

Election 2079 निर्वाचन क्षेत्र-२