फोटो फिचर

युवा संघको प्रदर्शनमा लाठीचार्ज

नेकपा एमालेको युवा संगठन युवा संघको प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरीले लाठीचार्ज गरेको छ।

इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको विरोधमा युवा संघले गरेको प्रदर्शनका क्रममा प्रदर्शनकारीले सरकारी गाडी रोकेपछि प्रहरीले लाठीचार्ज गरेको हो।

आफूहरुले शान्तिपूर्ण प्रदर्शन गरिरहेको बेला प्रहरीले एक्कासी लाठीचार्ज गरेको युवा संघका केन्द्रीय सदस्य निरज पौडेलले बताए।

तस्बिरहरूः

 

प्रकाशित: २४ जेष्ठ २०७९ १२:०२ मंगलबार