फोटो फिचर

सासंद निर्वाचित भएपछि विजय र्‍यालीमा तोसिमा कार्की (फोटोफिचर)

राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की ललितपुर-३ बाट फराकिलो मतान्तरसहित निर्वाचित भएकी छिन्।  

कार्कीले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का अमृत खड्कालाई १८ हजार १७३ मतान्तरले पराजित गरेका हुन्।

कार्कीले ३१ हजार १३६ मत ल्याएकी थिइन् भने खड्काले १२ हजार ९६३ मत प्राप्त गरेका थिए। सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी नेकपा (माओवादी केन्द्र)की पम्फा भुसालले आठ हजार ७६९ मत प्राप्त गरेकी थिइन्।  

सासंद निर्वाचित भएपछि डा तोसिमा कार्की आफ्नो विजय र्‍यालीमा सहभागि भएकी छिन्। अहिले ललितपुरको जाउलाखेलमा विजय र्‍याली भइरहेको छ।

घरघरमा स्वास्थ्यको पहुँच, महिला शसक्तिकरण, घरघरमा प्राविधिक शिक्षा र युवा रोजगारी लगाएतका एजेण्डासहित प्रतिनिधिसभा सदस्यमा कार्कीले उम्मेदवारी दिएकी थिइन्।  

नेपाल मेडिकल काउन्सिलकी निर्वाचित केन्द्रीय सदस्यसमेत रहेकी कार्की पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानकी शल्य चिकित्सक हुन्।

डा. तोसिमा कार्की Election 2079