अन्य

‘राजालाई भेटेर नाक यत्रो फैलाउनेहरु परिवर्तनको विरुद्धमा अपराध गर्दैछन्’

काठमाठौं– नेकपाका सांसद रामनारायण विडारीले गणतन्त्र, संघीयता, संविधानविरुद्ध राजावादी शक्तिहरु सल्बलाइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। 

बुधबारको राष्ट्रियसभा बैठकमा विडारीले गणतन्त्र, संघीयता, नेपाली जनताको परिवर्तनको विरुद्धका गतिविधिलाई अपराध भन्दै अपराधीलाई नियन्त्रणमा लिन माग गरे। 

केही समयअघि पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेका राजनीतिक विश्लेषक डा सुरेन्द्र केसीतर्फ संकेत गर्दै विडारीले जनताको परिवर्तनको विरुद्धमा अपराध गर्नेहरुलाई देशको माया नभएको जिकिर गरे। ‘राजालाई भेटेनी बुझिस् भनेर नाक यत्रो फैलाउनेहरु नेपाली जनताको परिवर्तनको विरुद्धमा अपराध गर्न खोजे’, उनले भने, ‘सडकमा टेप रेकडरमा बकवास गरेझैं बकवास गरिरहेका छन्। उनीहरुलाई देशको चासो छैन।’ ‘यो देश सप्रिए यहीँ देशमा, यो देश विग्रिए विदेशमा, दुइतिर घरबार भएमा ति अपराधीलाई के माया?’ उनले थपे। 

पूर्वराजालाई भेट्नेहरु कानुनी शासनविरुद्ध चितवनका सडकमा रवी लामिछानेको पक्षमा बोलिरहेकोमा पनि उनले आपत्ति जनाए। 

प्रकाशित: ४ भाद्र २०७६ ०८:२० बुधबार

नेकपा रामनारायण_विडारी राजावादी_शक्ति