अन्य

पिताजीको नयाँ प्रेम

मदनमणि दीक्षित

काशी हिन्दू विश्वविद्यालयमा पढ्दा मेरो दिनचर्या थियो– आफ्नो घर रामकटोराबाट भोजन गरेर पढ्न जानु, फर्केर भोजन पछि राति पाठ्यपुस्तकभन्दा माथिल्ला स्तरका अङ्ग्रेजी भाषाका दार्शनिक पुस्तक वा संस्कृत भाषाका साहित्य पढ्दै छातीमा पुस्तक राखेर निदाउनु। ती वर्षहरूमा म मातापिताका उपदेश वा निर्देशभन्दा टाढा विश्वविद्यालयप्रति केन्द्रित रहन्थें। आफ्नी देवीजीप्रति मेरो अनुराग र दैनिक साहचर्य विवाहको समयमा भन्दा निकै बढेको थियो। यो बढ्नुको पछाडि अदृश्य रूपमा आर्थिक कारण प्रबल थियो। सत्य कुरा भन्ने हो भने हाम्रो घरको आर्थिक अवस्था अत्यन्तै दुर्बल थियो। देवीजीलाई उनका मातापिताले हातखर्च मासिक १०० भारू पठाइदिने गर्नुहुन्थ्यो। त्यो र मेरा काइँला पितृव्य यज्ञमणि आचार्य दीक्षितले पनि भारतको उत्तर प्रदेशमा रहेको बलरामपुर (प्रधानमन्त्री चन्द्रशमशेरका ज्वाइ“को राज्य)बाट पठाइदिने गर्नुभएको आर्थिक सहायताबाट हाम्रो अर्थव्यवस्था र मेरो विश्वविद्यालयको शिक्षाखर्च चल्ने गथ्र्यो। 

म कम्युनिस्ट पार्टीमा आएपछि काठमाडौ“ र नेपालबाहिरका जिल्लातिर जाने अथवा त्यहा“बाट आउने कम्युनिस्ट नेताहरू अनिवार्य मेरो डेरामा कम्तीमा एक रात बस्थे। पुष्पलाल श्रेष्ठ खरो र ठाडो व्यक्तित्वको धनी रहनुभएको हु“दा माताजीबाट उहाँले उस्तो आदरभाव पाउनुभएन। तर शिष्ट, सौम्य र नम्र स्वभावका मनमोहन अधिकारीप्रति माताजीमा आफ्नै सन्तानसरह आदर स्नेह रहने गरेको थियो। 

मेरो विवाह १९९५ माघ २५ गते भएको थियो। विवाहको चौथो दिन माताजीले ‘मेरो मदन भर्खर सत्र लागेको बालखै छ; यसले अहिलेदेखि पत्नीस“गै एउटै कोठाको एउटै बिछ्यौनामा सुत्नु हु“दैन’ भनेर मलाई छुट्टै कोठामा सुत्न लगाउनुभयो। उहा“ म सुत्ने कोठाको ढोकामा ताल्चा मारेर सा“चो आफूसितै राख्ने गर्नुहुन्थ्यो। मेरी देवीजीचाहि“ नन्दआमाजूहरूस“ग सुत्थिन्। यसलाई मैले माताजीको उच्चस्तरीय निर्देश ठानेर स्वीकार गरिरहेको थिए“। तर, दुई वर्षपछि त्यो निर्देश काम लागेन। पिताजीको लामो कोठामा एक दिन हामी पतिपत्नीबीच पहिलोपटक मौखिक कुराकानी सुरm भयो। मैले कसैगरी कोठाबीचको ढोकाको ताल्चा खोल्न सके“ र राति ९ बजेपछि पत्नीलाई बिछ्यौनामा बोलाउन सक“े। त्यसमा मेरी साइँली बहिनी माधवीको सहायता प्राप्त भएको थियो। 

पत्नीस“ग सहबास सुरु भए पनि ममा परिवार नियोजनप्रति प्रबल आकर्षण थियो। घरमा वात्सायनको कामसूत्र छ“दै थियो, जसमा परिवार नियोजनको अति प्राचीन पद्धतिबारे चर्चा गरिएको थियो र म त्यसैबाट सहायता लिने गर्थें। 
हाम्रो विवाह भएको चार वर्षपछि एक दिन माताजी अति क्रुद्ध हुनुभयो र कड्कि“दै मैले सुन्ने गरी रिसाउन थाल्नुभयो, ‘हेर यिनीहरू कस्ता, ह“ ? विवाह गरेको चार वर्ष भइसक्यो; यसकी दुलहीले अहिलेसम्म एउटा सन्तान पनि जन्माउन सकिन।’ किन हो, मेरी पत्नीप्रति माताजी बहुतै क्रुद्ध हुने गर्नुहुन्थ्यो। उहा“ बेलाबेला मुर्छा पर्नु नै हुन्थ्यो, सोबाहेक कडा ज्वरो आयो भने पनि बर्बराउँदै भन्न थाल्नुहुन्थ्यो, ‘मेरी बुहारी खराब नक्षत्रमा जन्मेकी हु“दा मलाई खान मदनसित विवाह गरेर आएकी हो।’ तर, मेरी पत्नीको सहनशीलताका सामुन्ने उहा“ भोलिपल्टैदेखि अति नम्र र सहनशील हुन थाल्नुहुन्थ्यो। 

दिन बित्दै जान थाले। सन् १९४४ को मेमा स्नातक उत्तीर्ण गरी जुलाईमा म काशी हिन्दू विश्वविद्यालयमा स्नातकोत्तरमा भर्ना भए“। मेरो विषय थियो– भारतीय दर्शन र दर्शनशास्त्र। त्यस बेला महात्मा गान्धी र जवाहरलाल नेहरूको प्रमुख नेतृत्वमा भारतले स्वाधीनता सङ्ग्राममा विजय प्राप्त गरेर स्वतन्त्र राज्य हुने निर्णय भएको रहेछ। बेलायतमा त्यहा“को लेबर पार्टीले निर्वाचनमा विजय प्राप्त गरी क्लिमेन्ट एटली प्रधानमन्त्री भएका थिए। तिनमा भारतीय स्वाधीनताको विजयप्रति बलियो सद्भाव थियो। त्यस्तैमा नेहरू र मेरो विश्वविद्यालयका उपकुलपति डा. सर्वपल्ली राधाकृष्णनबीच स्वाधीन भएपछि भारतको दर्शन र धर्मशास्त्रबारे विश्वलाई जानकारी हुने व्यवस्था गर्नुपर्छ, तसर्थ भारतीय दर्शन र धर्मशास्त्रबारे व्रिmश्चियन मिसिनरीजस्तै सङ्गठनको उत्पादन गरेर विश्व–भ्रमणमा पठाउनुपर्छ भन्नेमा सहमति भएछ। स्नातकोत्तरमा यो नया“ विषय अध्यापन गराउ“दा लाग्ने ठूलो खर्चको जिम्मा लिन त्यस बेलाको भारतको अति ठूला व्यापारी र उद्योगपति जुगलकिशोर बिडलासित उपकुलपतिले कुराकानी गर्ने निर्णय भएछ। 
सोबमोजिम बिडला महोदयले विश्वविद्यालयलाई आर्थिक सहायता दिने भए। योजनाअनुसार ‘स्नातकोत्तर कक्षामा तीस जना विशिष्ट छात्र रोजेर भर्ना गर्ने तथा तिनलाई महिनाको पचास रूपैया“ दिनुका साथै स्नातकोत्तरको पढाइ निःशुल्क गर्ने’ निर्णय भएछ। अखबारहरूमा विज्ञापन पनि प्रकाशन भयो। त्यस बेला म बारा जिल्लाको ससुरालीमा थिए“। मलाई पिताजीले टेलिग्राम पठाएर बनारस बोलाउनुभयो। म गए“ र त्यो विज्ञापन पढे“। त्यो दिन मलाई लाग्यो, यो विज्ञापनद्वारा विश्वविद्यालयले मलाई बोलाएको हो। अङ्ग्रेजी भाषा केही कमजोर भएको हु“दा स्नातकमा प्रथम हुनबाट मलाई एघार नम्बर कम भएको थियो। तैपनि सबैजसो प्राध्यापक मेरो निकै प्रशंसा गर्थे। अखबारमा प्रकाशित विज्ञापनअनुसार निवेदन दिनेमा पन्ध्र–सोह्र जना छात्र थिए। तीमध्येबाट डा. राधाकृष्णनले तेह्र जनाको छनोट गरे, जसमा म पनि परे“।

१९४५ जुलाई ७ देखि कक्षा सुरु भयो। कक्षामा युरोपियन दर्शन विभागका विद्यार्थी पनि स“गै पढ्न आउने गर्थे। तीमध्ये छ जना युवती थिए। हाम्रो कक्षामा समग्र प्राध्यापक र छात्रछात्राको सामूहिक तस्बिर मैले खिँचेर तयार पारेको थिए“। मैले अति नै सम्मान र आदर गरेको त्यो गु्रप फोटोग्राफ अझै पनि कोठामा छ। त्यो तस्बिरमा रहेकी मनमोहिनी लङ्गर नामक पन्जाबी युवती दुई वर्षको हाम्रो कक्षामा त्यस्ती एउटी नारी थिइन्, जो मेरो कुनै जानकारीबेगर मसित प्रबल प्रेम गर्थिन् भन्ने मैले कक्षामा सुन्ने गरेको थिए“। 

म भने सन् १९४५ मा बनारसमा संन्यासी हुने निर्णयमा पुगेको थिए“। भारतको मुजफ्फरवादका एक छात्र र मबीच घनिष्ठ मित्रता थियो। हामी दुई जना कसबाट सन्यासको दीक्षा लिने, कुन मठाधीश योग्य होला भनी बनारसका पन्ध्र वटा जति मठमा पुगेका थियौ“। तर, कसैले पनि हाम्रो चित्त बुझाउन सकेनन्। बनारसबाट छ माइल दक्षिणतिर रहेको एउटा मठका मठाधीश भने निकै ठूला विद्वान् सन्यासी रहेछन् र तिनीसित कुराकानी हु“दा हामी दुई जनाकै चित्त बुझ्यो। सन्यासी हु“दा चाहिने गेरु वस्त्र, ल“गौटी, चा“पको खराउ र चा“पकै पिर्का आदि सबैबारे जानकारी लिएर हामी हि“ड्न लाग्दा ती महात्माले सोधे, ‘तिमीहरूको विवाह भएको छ कि छैन ?’
मेरो पहिलो छोरो जन्मिसकेको थियो। त्यो थाहा पाएपछि उनले फेरि सोधे, ‘त्यसो भए पत्नीले तिमीलाई सन्यासी हुन अनुमति दिएकी छन् त ? विवाहितलाई पत्नीको आदेशबेगर सन्यासी हुन धर्मशास्त्रले अनुमति दि“दैन।’
घर फर्केपछि त्यो रात मैले पत्नीसित सन्यासी हुने अनुमति मागे“। तर अनुमति पाउनुसट्टा हामी पति–पत्नीबीच दुई घन्टासम्म रुवाबासी चल्यो। 

माताजीलाई एपिलेप्सीले बराबर आक्रमण गरिरहेकै थियो। एक दिन म विश्वविद्यालय गएका बेला उहा“ मुर्छा पर्नुभएछ। घरमै भएका भाइ महेशले माताजीको नाक अन्जानमै थुनिदिएछन्। माताजीको श्वास उच्छबास रोकियो। मुर्छा पर्दा नै मुख बन्द हुने गथ्र्यो भन्ने भाइलाई थाहा थिएन। घरमा हाहाकार मच्चियो। के भयो भन्दै पिताजी दौडेर आउनुभयो। उहा“ले जोड गरेरै माताजीको मुख खोलिदिनुभयो। मुख खोल्नासाथ माताजीको छातीको सास निकैबेरसम्म चल्न थाल्यो र उहा“को जीवन जोगियो। 

युरोपमा युद्ध चलिरह“दा सन् १९४३ तिर मेरा ठूलाकान्छा पितृव्य नरेन्द्रमणि दीक्षित लन्डनको नेपाली राजदूतावासमा वरिष्ठ कर्मचारीका रूपमा कार्यरत रहनुहुन्थ्यो। मेरी माताजीमा रहेको रोगबारे उहा“मा पनि गम्भीर चिन्ता थियो। लन्डनका औषधि पसलहरूमा उहा“ त्यो मुर्छा पर्ने रोगको औषधि खोज्ने गर्नुहुन्थ्यो। सन् १९४४ तिर एक दिन उहा“ले नया“ आविष्कार भएको मुर्छाको औषधि धूलोको प्याकेट खरिद गर्नुभएछ र त्यो समान रूपले अर्को भारतीय औषधि मिसाएर खुवाउनुपर्ने भन्दै चिठीमा लेख्नुभयो– बनारसका पसलहरुबाटै किन्नु बेस हुन्छ। यहा“बाट बढी ओजनदार भएकाले हुलाकले बढी पैसा लिन्छ।

त्यो एक्लो औषधि पाएपछि साथमा मिसाउनुपर्ने भारतीय औषधि बनारस, प्रयाग, लखनउमा कही“ पनि फेला परेन। हैरान भए“। त्यस्तैमा बनारसकै सी.एन.डे. कम्पनीको औषधि पसलमा मलाई भनियो, ‘भारतीय औषधिको नाम मात्र फरक परेको हो। नत्र भने यी औषधिलाई लन्डनबाट पठाइएको औषधिसित मिसाएर प्रयोग गरे हुन्छ।’
मैले त्यसै गरे“। माताजीको मुर्छा पर्ने रोगले एक महिनाजति छाड्यो। तर, पछि उहा“मा त्यो रोग फर्किएर आएको मात्र होइन, सर्वाङ्ग शरीर ‘पार्कर क्विङ’जस्तै नीलो हुन थाल्यो। यो नया“ घटना विकासको कुनै पनि उपचार उहा“ले जीवनभर पाउनुभएन। बनारसमा माताजीको रोगबारे म तथा दुई दिदीहरू सधै“ नै अति चिन्तित रहने गथ्यौँ। 
पिताजी वीरगन्जमा आफ्नो नया“ प्रेममा हुनुहुन्थ्यो। 

त्यस्तैमा एकचोटि बनारसलाई ‘प्लेग’ नामक महामारीले ढाक्यो। त्यस रोगको एउटै उपचार थियो– मुसा नलाग्ने अर्को घरमा सर्नु। हामी रामपुरामा आफ्नै ६ घरमध्ये तेस्रोमा सर्‍यौ“। त्यसको दुई दिनपछि माताजीलाई मुर्छाले समात्यो। मेरो वशमा रहेको कुनै पनि औषधिले काम गर्न छाड्यो। दिउ“सोभरि रोगको आव्रmमण र त्यसको घटीबढीपछि राति आठ बजेतिर उहा“का दुवै खुट्टा चिसा हुन थाले। शरीर चिसो हुनेक्रम बढ्दै गयो। राति साढे दस बजे काखीका रक्तनलीहरूसमेत बन्द र निकै चिसा हु“दै गए। हामी तीन छोराछोरी साहै्र आत्तियौ“। म डाक्टर बोलाउन साइकल लिएर निस्किए“। अगाडिको पाङ्ग्रा पन्चर भएको रहेछ। तैपनि त्यो साइकलमा म अगाडि बढे“। हाम्रा पारिवारिकजस्ता डाक्टर ए. दास गुप्ताको घर डेढ माइलजति टाढा थियो। क्विन्स कलेजको बाटो हु“दै जा“दा छेउमा ए. एन. सिन्हा नामक प्राध्यापकको घर पथ्र्यो। क्विन्स कलेजमा हामीलाई पढाएर दुई वर्षपहिले अवकाश भएका उनी होमियोप्याथी उपचार पद्धतिका पनि विशेषज्ञजस्तै थिए। माताजीको मरणासन्न अवस्थाले मलाई चिन्तित पारिरहेको थियो। रातको ११ बजे म तिनै सिन्हा डाक्टरको घरको ढोकाछेउ बसेर चिच्याउन थाले“। ढोका खुल्यो। उनले भित्र बोलाए। बैठक कोठामा बसेर मैले माताजीको रोगका सबै लक्षणबारे आद्योपान्त बताए“। सबै कुरा सुनेपछि उनले मलाई भने, ‘चार दिनेदेखि म आफै“ बिरामी रहेर होमियोप्याथिक औषधि नै खाइरहेको छु। कन्ट्रोल भइरहेको छ। माताजीको रोगबारे तपाईंले घन्टैपिच्छेका लक्षणहरू बताउनुभएको छ। म घन्टैपिच्छे खानुपर्ने त्यो रोगका चार–चार पृथक्–पृथक् गोलीका पुरिया बनाएर दिन्छु। ठीक आधा–आधा घन्टाको फरक पारेर यी औषधि खान दिनुस्। माताजीको अवस्थाबारे भोलि बिहान आएर मलाई भन्नुस्।’

असहाय रहेको मैले त्यसै गर्नुपर्‍यो। अचम्मको घटना के भयो भने डाक्टरले दिएको दोस्रो पुरियाको गोली खुवाउने समयमा माताजीको शरीरलाई शीतले छाडेर पाखुरामा नाडी फड्कन थाल्यो। बिहान ५ बजेसम्म उहा“को शरीर सामान्य रूपमा स्वस्थ भइसकेको थियो। 
होमियोप्याथिकको त्यस उपचारको परिणाम प्रभावशाली थियो। त्यसपछि मैले होमियोप्याथिक उपचार पद्धतिबारे लेखिएका हिन्दी र अङ्ग्रेजी भाषाका पुस्तक अध्ययन गर्न थाले“। होमियोप्याथीका २०० प्रकारका गोली प्याक गरिएका बट्टा किने“। पछि नेपाल बस्दा वीरगन्जदेखि काठमाडौ“सम्म तथा तराईका जिल्लाका बिरामी किसानहरूको मात्र होइन, तिनका ठूला–साना गाईवस्तु, भेडाबाख्राको समेत उपचार गरे“। 

सन् १९५० मा हामी बनारसबाट वीरगन्ज आयौ“ र त्यहा“ डेरा गरी बस्यौ“। त्यसैबेला म कम्युनिस्ट पार्टीमा प्रवेश गरे“। मसित त्यो औषधिका डेढ सयजति साना सिसीका ब्याग थिए। मैले त्यस बेला बारा, पर्सा, रौतहट, जनकपुर आदि जिल्लामा पार्टी सङ्गठन गर्ने काम गर्दै जा“दा भेटिएका बिरामीलाई त्यो औषधि प्रणाली प्रयोग गर्ने गरे“। 
म कम्युनिस्ट पार्टीमा आएपछि काठमाडौ“ र नेपालबाहिरका जिल्लातिर जाने अथवा त्यहा“बाट आउने कम्युनिस्ट नेताहरू अनिवार्य मेरो डेरामा कम्तीमा एक रात बस्थे। त्यस्ता नेताहरुमध्ये माताजी कम्युनिस्ट पार्टीका महासचिव मनमोहन अधिकारीप्रति अत्यन्तै श्रद्धालु र समर्पितजस्तै रहने गर्नुभएको थियो। पुष्पलाल श्रेष्ठ खरो र ठाडो व्यक्तित्वको धनी रहनुभएको हु“दा माताजीबाट उहा“ले उस्तो आदरभाव पाउनुभएन। तर, शिष्ट, सौम्य र नम्र स्वभावका मनमोहनप्रति माताजीमा सन्तानसरह आदर स्नेह रहने गरेको थियो। 

अफसोस, २०१४ सालको नागपञ्चमीका दिन माताजीको अवसान भयो। माताजीको अवसानको अघिल्लो दिन मैले पितृव्य डा. सिद्धिमणि दीक्षितलाई घरमा बोलाएर माताजीलाई हेर्न अनुरोध गरेको थिए“। उहा“ले हेरेर भन्नुभएको थियो, ‘अब भाउजूको जीवनबारे आशा छ“दै छैन। अतः चाहन्छौं भने उहा“लाई लिएर आर्यघाट पुर्‍याऊ।’
मैले त्यसै गरे“। तिनताका हामी काठमाडौ“ आइसकेका थियौ“ र न्यौखा टोलमा बस्थ्यौ“। 

पशुपति देवपत्तनमा त्योबेला कविप्रसाद गौतमको हरेराम भजन मण्डलीको मन्दिर थियो। मेरी ठूली दिदीको आग्रहमा माताजीलाई लगेर मण्डलीको सानो कोठामा राखियो। उहा“को मुखबाट त्यो बिहान आठ–नौपटक एउटा वाक्यको आधा अंश निस्किरह्यो, ‘त्यस बेला मैले गल्ती गरे“।’ अगाडिको अंश बोल्न सक्नुहुन्नथ्यो। उहा“को अन्तिम अवस्थाको पीडा देखेर म साह्रै विचलित भएको थिए“। मेरा दुई दिदीहरू र मेरी देवीजीबाट माताजीको हेरविचार भइरहेको थियो। ममा प्रकाण्ड क्षोभ बढ्यो। त्यस बेला पनि म मूर्तिपूजा वा ईश्वरभक्ति गर्दिनथे“। त्यही पनि त्यो हरेराम कुञ्जबाट उठेर म पशुपतिनाथको मन्दिरतिर गए“ र टु“डालमा रहेका देवीदेवताका चित्रहरूतिर हेर्दै, ती चित्र बनाउने नेवार कलाकारबारे विचार गर्दै आ“खाबाट अविरल अश्रुधारा बगाउ“दै मन्दिरको चारैतिर तीनपटक घुमे“। फर्केर म माताजीछेउ आएको पा“च मिनेटपछि उहा“को अवसान भयो। त्यसको ठीकअगाडि मेरी देवीजी रुदैरुदै सामुन्नेको तुलसी मठछेउ शव राख्ने ठाउ“मा गोबरमाटोले लिपिरहेकी थिइन्। त्यहा“ कुशासन ओछ्याएर माताजीलाई राख्नासाथ उहा“को जीवनको अन्त्य भयो। 

त्यसको चार घन्टा बितेपछि माताजीको दाहकर्म सुरु गरियो। दाहकर्मको पद्धतिअनुसार आधा दाहकर्म सिद्धिएपछि किरियापुत्रीको कपाल मुण्डन गर्नुपथ्र्यो। मेरो कपाल मुण्डन चलिरह“दा माहिला भिनाजु मित्रनाथ देवकोटाले मलाई सोध्नुभयो, ‘यहा“ मसानखर्च ल्याएका छौ कि छैनौ, बाबू ?’
म झसङ्ग भए“ र छैन भनी जवाफ दिए“। 

उहा“ले भन्नुभयो, ‘मसित छ। यहा“ म तिरिदिन्छु। पछि गएर मलाई दिए हुन्छ।’ र, उहा“ले बयानब्बे रूपैया“ तिरिदिनुभयो। 
हामी राति साढे ११ बजे आर्यघाटबाट न्यौखा टोलको डेरामा फक्र्यौं। भोलिपल्टदेखि दस दिनको काजकिरियामा म बसे“। त्यस बेला हामीप्रति सहानुभूति प्रकट गर्न दाजु केदारमणि आफ्ना दुई छोरा प्रकाशमणि र कमलमणिसहित ललितपुरको आफ्नो घरबाट न्यौखा आउनुभयो। उहा“हरू रोजैजसो मकहा“ आउने गर्नुभयो। काजकिरियाको आठौ“ दिनचाहि“ दाजु केदारमणि एक्लै म बसेको कोठामा आउनुभयो र १५ मिनेटपछि कोटको पकेटबाट एउटा खाम झिकेर आफू बसेको राडीमुन्तिर राख्दै भन्नुभयो, ‘बाबू मदन, रानीसाहेब, म, प्रकाश र कमलले मिलेर यहा“ यो खाम ल्याएका छौ“। दस दिनको किरिया गर्दा तिमीलाई चाहिएला; चाहियो भने यहा“ अलिकति छ।’
माताजीलाई घाटतिर लैजानुभन्दा तीन दिनपहिले माहिला भाइ महेशमणिले असह्य अनुभव गरेर मलाई भनेका थिए, ‘दाजु, माताजीको औषधोपचारका निम्ति चाहिने खर्च ल्याउन म बनारस जान्छु। पिताजीसित मेरी माताको अंश–भागबाट पैसा दिनुहुन अनुरोध गर्छु।’

मेरो अनुमति लिएर तिनी गए। दुई दिनपछि माताजीको अवसान भएको थियो। सो खबर मैले एक्सप्रेस टेलिग्रामद्वारा बनारस पठाएको थिए“। बनारसमा पिताजीले तार पाउनुभएछ र महेशमणिलाई रक्सौलसम्मको त्यस बेलाको टे«नभाडा सात रूपैया“ दिएर पठाउनुभएछ। म कोरामा बसेको केही दिनपछि महेशमणि फर्केर आएका थिए। रक्सौलबाट काठमाडौ“ आउन तिनीसित एक पैसा रहेनछ; पैदल वीरगन्ज आई त्यहा“ रहेको मेरा अध्यापक भगवान् द्विवेदीसित दस रूपैया“ सापट लिएर काठमाडौ“ आइपुगेका रहेछन्। त्यसपछि उनी पनि माताजीको व्रिmयामा मस“गै बसे, चार दिन। 

दाजु केदारमणिले लमपटमुन्तिर राख्नुभएको खाम खोलेर हेर्दा म सुखद आश्चर्यमा परे“। खाममा १,६०० भारू रहेछ। माताजी बिरामी हुनुहु“दा मेरा जेठा पितृव्य राममणि दीक्षितले खाममा चालीस राखेर दि“दै मलाई भन्नुभएको थियो, ‘बाबू मदन, यो पैसा जथाभावी खर्च नगर्नू। तिम्री आमाको अन्तिम अवस्था छ। त्यस बेला यो खर्च गरे हुन्छ।’ त्यस्तै, मेरा अर्का एक पितृव्यले माताजीको अवस्था सुनेपछि भन्नुभयो, ‘मसित यो एउटा औ“ठी मात्र छ। बरु म तिमीलाई भोलि बिहान एक बोरा चामल पठाउ“छु।’ त्यो एक बोरा चामल त आयो। तर, त्यसमा आधा बोरा भुस मात्रै थियो। 
त्यति बेला त्यस्तो थियो हाम्रो आर्थिक अवस्था। त्यसमाथि पिताजीको बेवास्ता !
(दीक्षितको हालै प्रकाशित संस्मरणात्मक कृति ‘मेरी माता’बाट)

 

प्रकाशित: ११ फाल्गुन २०७५ ०५:१२ शनिबार

पुस्तक_अंश  पिताजी नयाँ_प्रेम