अन्य

मिराकलले ल्यायो जमराको पाउडर

मिराकल सुपर फुड्सले बजारमा गहुँको जमराको पाउडर ल्याएको छ । मिराकल सुपर फुड्सका प्रोपाइटर योगेशराज श्रेष्ठ एक प्याकेट जमराको पाउडरको ४२ रुपैयाँ पर्ने बताउँछन् । एक महिनाको डोजको एउटा बक्समा ३० प्याकेट पाउडर हुने र त्यस बक्सको १२ सय ५० मूल्य पर्ने उनी बताउँछन् । श्रेष्ठका अनुसार दैनिक एक प्याकेट खाँदा स्वास्थ्यका लागि राम्रो हुन्छ । एक प्याकेटमा ३.५ ग्राम पाउडर हुन्छ । 

श्रेष्ठका अनुसार बिहान खाली पेटमा चिया गिलासको एक गिलास मनतातो पानीमा एक प्याकेट जमराको पाउडर घोलेर खान सकिन्छ । यसरी जमरा खाएको आधाघण्टापछि मात्रै अन्य खानेकुरा खानुपर्ने श्रेष्ठको भनाइ छ । सुरुमा खाँदा हल्का पखाला लाग्ने, चक्कर लाग्न सक्ने श्रेष्ठ बताउँछन् । एक हप्तापछि भने त्यस्तो समस्या नहुने श्रेष्ठको दाबी छ ।

गहुँको जमराको निकै फाइदा रहेको श्रेष्ठ बताउँछन् । गहुँको जमरा खानाले क्यान्सर लाग्नबाट बच्नुका साथै कलेजो पनि सफा गर्ने श्रेष्ठको दाबी छ । श्रेष्ठ भन्छन्, ‘गहुँको जमराको पाउडरले रगतमा अक्सिजन पु¥याउन मद्दत गर्छ र यसमा हुने इन्जाइम्सले क्यान्सरबाट बचाउँछ ।’ हाडजोर्नीका लागि पनि गहुँको जमरा फाइदाजनक भएको उनको तर्क छ । गहुँको जमरा नियमित खानाले यसमा भएको क्लोरोफिलले हाडजोर्नीको दुखाइ पनि कम गर्ने श्रेष्ठ बताउँछन् । यसले पाचन शक्तिसमेत मजबुत बनाउने उनको तर्क छ । गहुँको जमराको पाउडरले रातो ब्लड सेल बढाउने भएकाले शरीरको प्रतिरोधात्मक क्षमता बढाउने श्रेष्ठको दाबी छ । दैनिक खाने खानाबाट शरीरमा नपुगेको मिनरल र भिटामिन गहुँको जमराको पाउडर खानाले पर्याप्त पुग्ने मिराकल सुपर फुड्सको दाबी छ । यसले नयाँ सेल उत्पादन गर्ने पनि श्रेष्ठ बताउँछन् । 

मिराकल सुपर फुड्सका अनुसार गहुँको जमरा खानाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । श्रेष्ठका अनुसार गहुँको जमराको पाउडरमा सेलेनियम हुन्छ । जसले तौल घटाउन मद्दत गर्छ ।  नियमित जमराको पाउडर सेवन गर्नाले कपाल, छाला तथा नङका लागि पनि फाइदा हुने श्रेष्ठको दाबी छ । गहुँको जमराको पाउडर खानाले धुलो धुवाँको समस्याका कारणले नाक बन्द हुने, टाउको दुख्नेलगायतको समस्या पनि कम हुने श्रेष्ठको दाबी छ ।  

गर्भवती तथा स्तनपान गराइरहेकी आमाले भने जमराको पाउडर खान नहुने श्रेष्ठ बताउँछन् । प्रेसर कम हुने व्यक्तिले नखाएकै राम्रो हुने उनको तर्क छ । १० वर्षभन्दा माथिका उमेर समूहका व्यक्तिले जमराको पाउडर खान सकिने श्रेष्ठ बताउँछन् । चिकित्सकको सल्लाहमा गहुँको जमराको पाउडर सेवन गर्दा राम्रो हुने उनको तर्क छ । जमराको मात्रा धेरै भएर  ज्यानै जाने जोखिम नदेखिए पनि चिकित्सकको सल्लाहअनुसार खानुपर्ने श्रेष्ठ बताउँछन् । 

प्रकाशित: १ पुस २०७५ १३:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App