अन्य

‘कर्ममूमिमै रमाउँदैछु’

मधेस आन्दोलनका बेला सर्लाही, नवलपुरका किरणप्रसाद अधिकारीको परिवार गाउँबाट विस्थापित भयो । त्यसपछि उनी राजधानी आए । त्यहाँको अवस्था फेरिएपछि आमा जन्मभूमि फर्किइन् । तर, उनी छोराछोरीसहित राजधानीमै बसिरहेका छन् ।

उनी ठेलामा भुटेको बदाम बेच्छन् । यसैको आम्दानीले घर खर्च चलाउँछन् । जन्मेको ठाउँको सम्झना आए पनि काम र छोराछोरीको पढाइले राजधानी छाड्न नसकेको उनी बताउँछन् । ‘राजधानी कर्मभूमि भएको छ,’ उनले भने, ‘त्यसैले अहिले यतै रमाउँदैछु ।’

प्रस्तुति : उपेन्द्र लामिछाने

प्रकाशित: १० मंसिर २०७५ ०३:२१ सोमबार

मधेस_आन्दोलन मेराे_सहर