अन्य

घरमै मिनरल वाटर कसरी बनाउने ?

लोचन केसी
पानी हाम्रा लागि अत्यन्तै महत्वपूर्ण बस्तु हो । पानी जीवनको जल हो । पृथ्वीको आधाभन्दा बढी भाग पानीले ढाकेको छ । त्यस्तै हाम्रो शरीरको पनि आधा भन्दा धेरै भाग पानीले ओगटेको छ । हाम्रो शरीरमा ६६ प्रतिशत भागमा पानी रहेको हुन्छ । पृथ्वीमा जस्तै हाम्रो शरीरको अधिकांश भागमा पानी रहेको हुन्छ। 

एक वयस्क मानिसले दिनमा ४ देखि ६ लिटरसम्म  पानी पिउन आवश्यक छ । पानीले हामीलाई निकै स्वस्थ राख्ने काम गर्छ । हाम्रो देश पानीको दोस्रो धनी राष्ट्र हो । तर, हाम्रो  देशको अधिकांश सहरी इलाकामा स्वच्छ खानेपानीको अभाव छ । काठमाडौंमा त हाहाकार नै छ । करिब ४० लाख  जनसंख्या भएको काठमाडौँका बासिन्दा काकाकुल बनेका छन् । त्यसमा पनि घरमा आउने पानी कहिले पहेँलो, कहिले गन्हाउने आउने गर्छ । यसका लागि हामीले घरमै पानी प्युरीफाई गर्न सक्छाैं।

पानी प्युरीफाई गर्ने तरिका
सामान्यतया हाम्रो घर, अफिस, उद्योगहरुमा प्रयोगमा आइरहेको प्रशोधन नगरिएको पानीलाई प्रशोधन गरी पिउनयोग्य÷शुद्धपानी बनाउने विधि नै प्युरीफाई हो।

सुरुमा बोरिङ गरेको पानीलाई प्युरीफाई गर्ने कि खानेपानी संस्थानले वितरण गरेको पानीलाई प्युरीफाई गर्ने निक्र्योल गर्ने । पानी प्युरीफार्ई गर्ने ठाउँमा पानीको विविध टेष्ट गर्ने जसलाई हामी ल्याब टेष्ट भन्छौं।

टेष्ट गर्ने क्रममा पानीमा कति मात्रामा फोस्फोरस, पोटास, आइरनलगायतका १४ तत्वको टेष्ट गरिन्छ । त्यसपछि जुन तत्वको कमी  पानीमा देखिन्छ प्युरीफार्ई गर्दा त्यही तत्व राख्ने काम गरिन्छ । जसले गर्दा हामीले घरमै स्वस्थ पानी बनाउन सक्छौं।

पानीलाई चिसो तातो दुवै बनाउन मिल्छ । हामीले पानी स्वस्थ बनाइसकेपछि जुन धारोमा खानेपानीको प्रयोग गर्ने हो त्यही धारामा प्युरीफाईउक्त पानी जडान गर्न  सकिन्छ।

खर्च कति लाग्छ ?
यसको खर्च कतिजनाले प्रयोग गर्ने भन्नेमा भर पर्छ । यदि ५–७ जनाको परिवार छ भने २०  देखि ४० हजारसम्म  लाग्ने गर्छ ।  यसमा चिसो पानी मात्र आउँछ । यदि तातो, चिसो दुवै प्रकारको पानी चाहिने हो भने ७० हजार जति खर्च लाग्छ । त्यस्तै पूरै घरपरिवार करिब २०–२२ जना मान्छेलाई हो भने धेरै खर्च लाग्छ । एकदेखि १ लाख ५० हजारसम्म  खर्च लाग्ने हुन्छ।

टिकाउ कत्तिको हुन्छ ?
एकपटक यो जडान गरेपछि लामो समयसम्म टिक्छ ।  तर  भित्रको केमिकल भने प्रायः परिवर्तन गरिरहनुपर्छ । वर्ष वर्ष दिनमा कुन–कुन केमिकल हटेको छ त्यही त्यही केमिकलहरु राख्ने गरिन्छ । त्यो गर्दा खासै  धेरै खर्च लाग्दैन ।

विधि के–के
पानीको ल्याब टेष्ट गरिन्छ । गुण अवगुणबारे परीक्षण गरिन्छ । परिक्षणपछि त्यसलाई सुद्धीकरणका लागि आवश्यक केमिकलको प्रयोग गरिन्छ । १४ प्रकारको ल्याब टेष्ट गरेपछि जे कमी छ त्यहीँ केमिकल थपिन्छ भने धेरै भएको हटाइन्छ । त्यसपछि पिउनयोग्य पानी बन्छ ।

प्रकाशित: १ कार्तिक २०७५ ०९:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App